सुकाजोरमा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ,सबैको घरघरमै गएर बिमा गरिँदै

सुकाजोरमा निशुल्क स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ,सबैको घरघरमै गएर बिमा गरिँदै

रामेछापको रामेछाप नगरपालिका – ७ सुकाजोरले वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्दै छ । आईतबार (आज)देखी निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुभारम्भ गरिएको हो । वडाको देविथानबाट निशुल्क स्वास्थ्य बिमा गर्न सुरुवात गरिएको हो । वडाअध्यक्ष समिर कार्की,वडासदस्यहरु महेन्द्र मगर,रन्जिता कार्की,राम बहादुर हायु,बिमा सहयोगीकर्ता बिन्दा मगर सहितको टिम देविथानमा पुगेर त्यहाँका नागरीकहरुको स्वास्थ्य बिमा गरिएको हो ।

उपचार खर्चको अभावमा वडाका कुनै पनि नागरीकले ज्यान गुमाउन नपरोस भनेर वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमको सुरुवात गरिएको वडाअध्यक्ष समिर काकीले बताउनुभयो । स्वास्थ्य बिमा प्रति नागरीकहरुको आकर्षण बढाउन र सबै नागरिकहरुलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले वडामा रहेका ९२७ घरपरिवारको बिमा वडाले निशुल्क गरिदिने उहाँले बताउनुभयो ।

वडाले हरेक परिवारको ५ जनाको स्वास्थ्य बिमा निशुल्क गरिदिने छ । वडा नं ७ सुकाजारले धेरै नयाँ कामहरुको थालनी गरेको छ । बैङकिङ्ग प्रणाली मार्फत घरघरमै समाजिक सुरक्षा भत्ता वितरण,एक घर एक हिलटेक वितरण,धान खेती गर्ने कृषकहरुलाई रासायनिक मल वितरण जस्ता लोकप्रिय कार्यक्रमहरु वडाले संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार