वडाअध्यक्ष कार्कीको पहलमा बिर्ताका ७५ वर्षका श्रेष्ठले पाए नागरिकता

सानै देखी बेपत्ता श्रेष्ठ ५० वर्षपछि गाउँ फर्किएका हुन ।

वडाअध्यक्ष कार्कीको पहलमा बिर्ताका ७५ वर्षका श्रेष्ठले पाए नागरिकता

सानै देखी बेपत्ता श्रेष्ठ ५० वर्षपछि गाउँ फर्किएका हुन ।

रामेछापको रामेछाप नगरपालिका – ७ बिर्ताका ७५ वर्षका डम्बर बहादुर श्रेष्ठले बल्ल नागरिकताको प्रमाणपत्र पाउने भएका छ्न । वडाअध्यक्ष समिर कार्कीको पहलमा श्रेष्ठले ७५ वर्षको उमेरमा नागरिकता पाउने भएका हुन ।

सानै देखी बेपत्ता श्रेष्ठ ५० वर्षपछि गाउँ फर्किएका हुन । श्रेष्ठको आफन्त थला परेका वृद्ध दाइ नेत्रमान श्रेष्ठ बाहेक गाउँमा अरु कोहि छैन । नेत्रमान श्रेष्ठ पनि लामो समयदेखी बिरामी भएर ओछ्यानमै थलिएका छ्न । नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासनमा गएर सनाखत गर्ने आफन्त कोहि नहुँदा नागरिकता पाउनबाट बन्चित रहँदै आएका श्रेष्ठले अन्ततः नागरिकता पाउने भएका हुन ।

शुक्रबार(आज) जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा रमेश काफ्ले,वडाअध्यक्ष समिर कार्की,वडा सदस्य राम ब हायु लगायतको टोली श्रेष्ठको घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्न निजका दाजु नेत्रमान श्रेष्ठबाट सनाखत गरिएको हो ।

अब एकल पुरुष श्रेष्ठले नागरिकता पाएसँगै उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो खुलेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयले श्रेष्ठलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा रमेश काफ्लेले बताउनुभयो ।

श्रेष्ठले नागरिकताको प्रमाणपत्र पाए लगत्तै सामाजिक सुरक्षा भत्ता प्रदान गर्न प्रक्रिया अगाडि बढाइने वडाअध्यक्ष समिर काकीले बताउनुभयो । लामो समय पछि आफ्नो वडाका एक वृद्ध नागरिकले आफ्नो पहलमा नागरिकता पाउँदा निकै खुशी लागेको उहाँको भनाइ छ । आफ्नो बारम्बारको आग्रहलाई जिल्ला प्रशासन कार्यालयले स्विकार्दै घरमै कर्मचारी पठाएर सनाखत गरिदिएकोमा उहाँले रामेछाप प्रशासनलाई धन्यवाद तथा हार्दिक आभार व्यत्त गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार