आफ्नो जन्मदिनको अवसरमा पत्रकार कार्कीले गरे रक्तदान

आफ्नो जन्मदिनको अवसरमा पत्रकार कार्कीले गरे रक्तदान

नेपाल पत्रकार माहासंघ काठमाडौ शाखाका सदस्य तथा उपत्यका प्रदेश पार्षद सदस्य मोहन कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर रक्तदान गरेका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको महिला बिभागले डेगुको रोगीहरु बढेर सेतो रगतको कमी भइरहेको बिषयलाई मध्यनजर गरेर रक्तदानको आयोजना गरेको थियो सोही अवसरमा आफ्नो जन्मदिन पनि पर्ने भएको हुनाले कार्यक्रम पूर्व निर्धारित समयमा नै रक्तदान गर्न आउने जनआकाश साप्ताहिकका प्रधान सम्पादक तथा जनआकाश मिडियाका अध्यक्षले बताएको महिला बिभागकी संयोजक तथा काठमाडौ शाखाकी उपाध्यक्ष अप्सरा गौतमले बताएकी छन् । उक्त खुल्ला रक्तदान कार्यक्रममा सहभागी ८० जनाको भएको भएपनि विविध कारणले रक्तदान गर्न नमिलेका कारण १९ जनाले मात्र रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय प्रतिनिधिहरु शान्तराम बिडारी, ज्ञानेन्द्र पौडेल, काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदी लगायत पदाधिकारीहरु उपस्थितिामा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेको कार्यक्रम संयोजक अप्सरा गौतमले जानकारी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार