जिल्ला अस्पताल रामेछापमा ब्लड बैँक स्थापना हुँदै

जिल्ला अस्पताल रामेछापमा ब्लड बैँक स्थापना हुँदै

जिल्ला अस्पताल रामेछापमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । अस्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको जिल्ला अस्पताल रामेछापका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो । यहि असोज ३ गते संंविधान दिवसको अवसरमा ब्लड बैंक को स्थापना तथा रक्तदान कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालको हाल संचालनमा रहेको सेवाहरुलाई अझ सुदृढ गर्दै लैजाने क्रममा रहेको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । जिल्ला अस्पतालमै ब्लड बैंकको स्थापना भएपछि प्रसुती गराउने आमाहरु, दुर्घटनामा परेका घाइते तथा अपरेशन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न समस्या नपर्ने उहाँले बताउनुभयो । अस्पतालले अहिले विभिन्न रोगहरुको अपरेशन,आकस्मिक प्रसुतिजन्य शल्यक्रिया लगायत विभिन्न सेवा सुविधाहरु थप गरेसँगै उपचार गर्न आउने सेवाग्राहीको चाप पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार