रामेछाप बजारमा चाडपर्व लक्षित बजार अनुगमन

रामेछाप बजारमा चाडपर्व लक्षित बजार अनुगमन

नजिकिँदो दशैँ तिहार लगायत चाडपर्वलाई लक्षित गरी रामेछापको रामेछाप नगरपालिकाले आज रामेछाप बजारमा अनुगन गरेको छ । नगरपालिकाले रामेछाप बजारमा रहेका किराना पसल,मासु पसल र होटलहरुको अनुगमन गरेको हो ।

चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा हुनसक्ने कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरिएको नगरपालिकाका राजश्व शाखा प्रमुख हरिभगत श्रेष्ठले बताउनुभयो । चाडपर्वको बेला धेरै कारोबार हुने मासु, चिनी, दालचामल,पियपदार्थ सहितका खाद्यान्न,मसला लगायतका बस्तुलाई केन्द्रीत गरेर म्याद सकिएका समाग्रीहरु रहेनरहेको बारे बजार अनुगमन गरिएको उहाँले बताउनुभयो ।

साथै व्यवसाय दर्ता,नविकरण,मुल्य सुची रहेनरहेको बारे पनि अनुगमन गरिएको उहाँले बताउनुभयो । रामेछाप बजार अनुगमन गर्दा अखाध्य सामाग्री खासै फेला नपरेको श्रेष्ठले बताउनुभयो ।वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङको संयोजकत्वमा प्रहरी,पत्रकार,रामेछाप नगर उद्योग वाणिज्य संघ र रामेछाप नगरपालिकाका कर्मचारीले बजार अनुगमन गरेका हुन ।रामेछाप नगरपालिकाले हरेक वर्ष चाडपर्वको बेला बजार अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार