रामेछाप नगरपालिकाद्धारा वडामा अनलाईनमा घटना दर्ता शुरु

रामेछापको रामेछाप नगरपालिकाकाले वडामा अनलाईनमा घटना दर्ता शुरु गरेको छ । यसवर्ष बाट शुरु भएको अनलाईन घटना दर्ता वडा नम्बर ३ र ५ मा सुरु भईसकेको छ भने अब बाँकी वडाहरुमा क्रमश सुरु गर्दै जाने र त्यसका लागी पूर्वाधार विस्तार भैरहेको नगरपालिकाका सुचना प्रविधि अधिकृत दिपक श्रेष्ठले बताउनुभयो । चालु वर्ष सबै वडामा सेवा विस्तार […]

रामेछापका ८ हजार ५५१ जनाले लगाए कोरोना विरुद्धको खोप

कोरोना भाइरस कोभिड—१९ विरुद्धको दोस्रो चरणको खोप अभियानको पाँचदिनमा रामेछापका ८ हजार ५५१ जनाले लगाए कोरोना विरुद्धको खोप लगाएका छन । चार हजार ४७७ जना महिला र चार हजार १०१ जना पुरुष गरि आठ हजार ५५१ जनालाई कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लाका गोकुलगंगा,उमाकुण्ड,दोरम्बा र सुनापति गाउँपालिकाका नागरिकलाई खोप […]

रामेछापको हिमगंगा लखनटारमा बन्यो झोलुङ्गे पुल

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ४ लखनटार स्थित लिखु नदीमा झोलुङ्गे पुल बनेको छ । रामेछाप र ओखलढंगा जिल्ला जोड्ने उक्त पुल रामेछाप नगरपालिका र संघिय सरकारको संयुक्त लागतमा निर्माण गरिएको हो । उक्त पुलको आज रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले उद्धघाटन गर्नुभयो । लगभग ८७ मिटर लामो उक्त पुल ४० लाख ५५ […]

५ अर्ब रुपैयाँ बराबरको युरेनियम सहित रामेछापका ३ जना पक्राउ

प्रहरीले साढे दुई किलो विष्फोटक पदार्थ युरेनियम सहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंको बौद्धबाट लुकाएर राखिएको अवस्थाको युरेनियम सहित चार जनालाई पक्राउ गरिएको हो । कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बौद्धमा भण्डारण गरिराखेको अवस्थामा युरेनियम हिजो बरामद भएको र जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँ भन्दा बढी हुन […]

मुक्तक

१) पट्याउनलाई पत्याउनुपर्छ । धेरै माया थोरै अत्याउनु्पर्छ । प्रतिकुललाई अनुकुल बनाउन, दुरी छोट्याएर उसैको भट्याउनुपर्छ । २) बाउ पनि एकदिन बाजे हुन्छ! नाति,पलातीहरुको साजे हुन्छ! जन्म परन्तु मृत्यु निश्चित नै छ रूप रङ्ग र उमेर नदाजे हुन्छ!! ३) धेरैको मनमा छिरेँ होला । कतिको मन पिरेँ होला । महत्वकांक्षीहरुको नजरमा, केहि आरोप भिरेर गिरेँ […]

रामेछापमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय उदघाटन

नेकपा माओवादी केन्द्र रामेछापले आज सदरमुकाम मन्थलीको देवकोटा चोकमा पार्टी कार्यालय उदघाटन गरेको छ । रामेछापका प्रतिनिधि सभा सदस्य एवम माओवादी केन्द्रका केन्द्रिय सदस्य श्याम कुमार श्रेष्ठले पार्टी कार्यालय उदघाटन गर्नुभयो । पार्टी कार्यालय उदघाटन गर्दै उहाँले कम्युनिष्ट आन्दोलनमा केपी ओली प्रवृति संघर्ष गर्दै पार्टी एकता प्रकृयालाई अगाडी बढाईने बताउनुभयो । उक्त कार्यक्रममा नेकपा माओवादी […]

महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा दोरम्बाका ७६ बर्षिय बृद्ध पक्राउ

महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा रामेछापका एक बृद्ध पक्राउ परेका छन । रामेछापकै दोरम्बा गाउँपालिकाका एक महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा दोरम्बा गाउँपालिका १ का एक बृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । पीडित महिलाले दिएको उजुरीको आधारमा ७६ बर्षिय वृद्ध नानी बहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता […]

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी,आठ हजार बढीले लगाए खोप

रामेछाप जिल्लामा कोरोना भाईरस कोभिड—१९ विरुद्धको खोप अभियान जारी छ । कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु देखि हालसम्म आठ हजार बढी नागरीकहरुले खोप लगाएका छन । जिल्लाको चार स्थानीय तहबाट उनिहरुले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । बुधबारसम्म चार हजार १८९ जना महिला र तीन हजार ८५४ जना पुरुष […]

नेपाली सेना दिवस आज, टुँडिखेलमा बढाइँ कवाजसहितको विशेष समारोह हुँदै

नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज आफ्नो दिवस विविध कार्यक्रम गरी मनाउँदैछ । महाशिवरात्रीको अवसर पारेर सेनाले आफ्नो दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका […]

आज महाशिवरात्री पर्व भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदै

आज महाशिवरात्री पर्व, आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई […]