रामेछापमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय उदघाटन

रामेछापमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय उदघाटन

नेकपा माओवादी केन्द्र रामेछापले आज सदरमुकाम मन्थलीको देवकोटा चोकमा पार्टी कार्यालय उदघाटन गरेको छ । रामेछापका प्रतिनिधि सभा सदस्य एवम माओवादी केन्द्रका केन्द्रिय सदस्य श्याम कुमार श्रेष्ठले पार्टी कार्यालय उदघाटन गर्नुभयो । पार्टी कार्यालय उदघाटन गर्दै उहाँले कम्युनिष्ट आन्दोलनमा केपी ओली प्रवृति संघर्ष गर्दै पार्टी एकता प्रकृयालाई अगाडी बढाईने बताउनुभयो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सदस्य टंक लाल घिसिङ,संविधान सभा सदस्य डिल्लीमान तामाङ,जिल्ला अध्यक्ष मैन कुमार मोक्तान लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । पार्टी एकता भएको ४१ महिनापछि सर्वोच्च अदालतले एमाले र माओवादी अलग–अगल पार्टी भएको फैसला गरेको थियो । पार्टी ब्युँतिएपछि दुवै दलले धमाधम जिल्लामा पार्टी कार्यालय उदघाटन गर्ने कामलाई अगाडि बढाएका छन् । यस अघि नेकपा एमालेले मन्थली र रामेछाप नगरपालिकामा पार्टी कार्यालय उद्धघाटन तथा साइन बोर्ड राखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार