५ अर्ब रुपैयाँ बराबरको युरेनियम सहित रामेछापका ३ जना पक्राउ

५ अर्ब रुपैयाँ बराबरको युरेनियम सहित रामेछापका ३ जना पक्राउ

प्रहरीले साढे दुई किलो विष्फोटक पदार्थ युरेनियम सहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौंको बौद्धबाट लुकाएर राखिएको अवस्थाको युरेनियम सहित चार जनालाई पक्राउ गरिएको हो । कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बौद्धमा भण्डारण गरिराखेको अवस्थामा युरेनियम हिजो बरामद भएको र जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँ भन्दा बढी हुन आउने जानकारी दिनुभयो । प्रहरीले बरामद् गरेको यति ठूलो परिणामको युरेनियम नेपालमा पहिलो पटक हो ।

पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको बताएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशीका ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, रामेछापकै बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् । जफत भएको युरेनियम प्राकृतिक युरोनियम हो । यो पारमाणविक भार भएको रेडियोधर्मी धातु भएको र यसलाई सबैभन्दा मूल्यवान धातुका रुपमा लिइने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार