रामेछाप नगरपालिकाद्धारा वडामा अनलाईनमा घटना दर्ता शुरु

रामेछाप नगरपालिकाद्धारा वडामा अनलाईनमा घटना दर्ता शुरु

रामेछापको रामेछाप नगरपालिकाकाले वडामा अनलाईनमा घटना दर्ता शुरु गरेको छ । यसवर्ष बाट शुरु भएको अनलाईन घटना दर्ता वडा नम्बर ३ र ५ मा सुरु भईसकेको छ भने अब बाँकी वडाहरुमा क्रमश सुरु गर्दै जाने र त्यसका लागी पूर्वाधार विस्तार भैरहेको नगरपालिकाका सुचना प्रविधि अधिकृत दिपक श्रेष्ठले बताउनुभयो । चालु वर्ष सबै वडामा सेवा विस्तार गर्ने तयारी रहेको श्रेष्ठको भनाई छ ।

गत वर्ष नै ९ वटै वडामा ईन्टरनेट जडान भैसकेको र अहिले वडाबाट हुने धेरै काम अनलाईनबाटै हुन थालेको उहाँले बताउनुभयो । नगरपालिकाले सबै वडामा ईन्टरनेटको सेवा पु¥याएर इन्टरनेट र सफ्टवेयरको माध्यमबाट व्याक्तिगत घटना दर्तालाई प्रविधियुक्त बनाउने काम गरिरहेको छ । अनलाइनमा नै घटना दर्ता गराई प्रिन्ट गरी प्रमाणपत्र प्रदान गर्दा सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने र दस्तावेज सुरक्षित गराउन सहज हुने अपेक्षा नगरपालिकाले लिएको छ ।

अनलाइनमा घटना दर्ता गराउँदा दर्ता प्रमाण हराएमा वा केही भएमा पुरानो प्रणाली अन्तर्गत खोजी राख्न समस्या नहुने र सजिलै कम्प्युटरका माध्यमबाट प्रदान गर्न सकिनेछ । सरकारले सेवाग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यले २०७२ सालदेखि पञ्जीकरणसम्बन्धी व्यक्तिगत घटना दर्ता अनलाईन प्रक्रियामार्फत गर्ने घोषणा गरेको भएपनि नगरपालिकाका वडाहरुमा इन्टरनेट तथा पूर्वाधारका कारण अनलाइन प्रणाली शुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार