मुक्तक

मुक्तक

१) पट्याउनलाई पत्याउनुपर्छ ।
धेरै माया थोरै अत्याउनु्पर्छ ।
प्रतिकुललाई अनुकुल बनाउन,
दुरी छोट्याएर उसैको भट्याउनुपर्छ ।

२) बाउ पनि एकदिन बाजे हुन्छ!
नाति,पलातीहरुको साजे हुन्छ!
जन्म परन्तु मृत्यु निश्चित नै छ
रूप रङ्ग र उमेर नदाजे हुन्छ!!

३) धेरैको मनमा छिरेँ होला ।
कतिको मन पिरेँ होला ।
महत्वकांक्षीहरुको नजरमा,
केहि आरोप भिरेर गिरेँ होला ।

४ ) कै गरेनी रिसाउँछ नगरेनी रिसाउँछ!
रिस्मानी अलि अलि माया मिसाउँछ!
फेरि उनकै साथ,आँट अनि मातले
घरी घरी बेस्सरी आफैलाई विर्साउँछ!!

५ ) घटनाहरू मर्मस्पर्सी हुन्छ!
बचाउनीहरु साहसी हुन्छ!
म भन्छु कानुन सबैले जानुन्
पारदर्शी अनि दूरदर्शी हुन्छ!!

६ ) नाता न गोताको फिदा हुन्छ!
आफ्नै सम्झी पीडा हुन्छ!!
नचिनेको नजानेकोसित पनी
फिदा हुन्छ अनि बिदा हुन्छ!!

७ ) सवै राम्रा हाम्रा नहुँदानी हुन्छ जाती
हाम्रा नहुँदै देखिनेहो राम्रा साथी
निकटले संकट्नी ल्याउन सक्छ
बरु देख्नमै छ मजा अनि जाती!!

८ ) राम्रो र नराम्रो,सराबरी हुन्छ
बिगार्ने मान्छे,ओरीपरी हुन्छ
रङ्गिनअनि बिचित्र छ यो दुनियाँ
हो यहाँ मान्छे,थरीथरी हुन्छ!!

९ ) दुरीको नाममा छुवाछुत गर्नु हुन्न
को ठूलो को सानो जुधाजुट गर्नु हुन्न
रोगको भोगी त कल्लाई हुन मन लाउँछर
प्रमाण नभको संखामा भुटभुट गर्नु हुन्न

१०) साथी पनि विस्वास घाती हुन सक्छ
धर्मात्मा पनि अपराधि हुन सक्छ
संस्कारी र मनकारी मान्छे पनि,
संगतले एकदिन बर्बादी हुन सक्छ।

११) भाग्य देख्ने निदार भइदिए,
दुःखमा रम्ने नजर भइदिए,
कति उन्नति प्रगति हुन्थ्यो होला.?
सबैको एकै मन अनि विचार भैदिए

१२) हुनेलाई मस्तै भको छ।
नहुने को नी चलेकै छ।
संसारको रिती यस्तै छ
हुने पनि एक दिन मरेकै छ।

विजय श्रेष्ठ,दोरम्बा ५ रोमछाप ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार