रामेछापको हिमगंगा लखनटारमा बन्यो झोलुङ्गे पुल

रामेछापको हिमगंगा लखनटारमा बन्यो झोलुङ्गे पुल

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ४ लखनटार स्थित लिखु नदीमा झोलुङ्गे पुल बनेको छ । रामेछाप र ओखलढंगा जिल्ला जोड्ने उक्त पुल रामेछाप नगरपालिका र संघिय सरकारको संयुक्त लागतमा निर्माण गरिएको हो । उक्त पुलको आज रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले उद्धघाटन गर्नुभयो । लगभग ८७ मिटर लामो उक्त पुल ४० लाख ५५ हजार लागतमा निर्माण सम्पन्न भएको रामेछाप नगरपालिकामा ईन्जिनियर कुशुम भट्टराईले जानकारी दिनुभयो । उक्त पुल निर्माण भएसँगै अब ओखलढंगाको चम्पादेवी गाउँपालिका र रामेछाप नगरपालिकाका स्थानियहरुलाई लिखु नदीमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । सो स्थानमा पुल नहुँदा स्थानियहरु काठको डुंगा,गाडीको टायर लगायतका चिजवस्तुहरु प्रयोग गरेर जोखिमपुर्ण यात्रा गर्ने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार