रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी,आठ हजार बढीले लगाए खोप

रामेछापमा कोरोना विरुद्धको खोप अभियान जारी,आठ हजार बढीले लगाए खोप

रामेछाप जिल्लामा कोरोना भाईरस कोभिड—१९ विरुद्धको खोप अभियान जारी छ । कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु देखि हालसम्म आठ हजार बढी नागरीकहरुले खोप लगाएका छन । जिल्लाको चार स्थानीय तहबाट उनिहरुले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । बुधबारसम्म चार हजार १८९ जना महिला र तीन हजार ८५४ जना पुरुष गरि आठ हजार १६ जनाले खोप लगाएका हुन । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार गोकुलगंगा, उमाकुण्ड, दोरम्बा र सुनापति गाउँपालिकाका ५५ वर्षमाथि उमेर समुहका दश हजार ५६० जना नागरिकहरुलाई १९ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउने कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार