गाउँ–गाउँमा उद्यमी उत्पादन गर्दै रामेछाप नगरपालिका

गाउँ–गाउँमा उद्यमी उत्पादन गर्दै रामेछाप नगरपालिका

५० दिन सम्म चल्ने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापामगरले गाउँमै भएका कच्च पदार्थ प्रयोग गर्दै गाउँमा रोजगारी सिर्जना गर्ने गरी सुरु गरिएको उद्यमी उत्पादन तामिसँग स्थानीयको रोजागरी, आर्थिक उन्नति र समृद्धि जोडिएकाले आर्थिक बृद्धिमा सहयोग पुग्ने बताउनुभयो । नगरपालिकाबाट मोबाइल मर्मत तालिम, इलेक्ट्रिसियन तालिम लागयतका सीपमूलक तालिम संचालनको तयारीमा रहेकाले त्यस्ता तालिमबाट नगर भित्रका लोपउन्मुख, सिमान्तकृत र कमजोर आर्थिक अवस्था भएका नागरिकलाई समेटेर रोजगारीसँग जोड्ने योजना रहेको नगर प्रमुख थापामगरको भनाई रहेको छ ।

रामेछाप नगरपालिका वडा नं ७ का वडाध्यक्ष समिर कार्कीले यस अघि पनि विभिन्न तालिम लिएको भएपनि व्यवसायसँग जोड्न नसक्दा तालिमको उपलब्धी नदेखिएको बताउँदै सीप विकास तालिमले व्यवसायसँग जोड्न मद्दत पुग्ने बताउनुभयो । रामेछाप नगरपालिकाको उद्योग शाखाका प्रमुख हरीभगत श्रेष्ठले रामेछाप नगरपालिकाको सुकाजोर र रामपुरमा सुरु गरिएको तालिम सम्भाव्यता अध्ययन गरेर गरिएको हुँदा तालिम सफल हुने बताउँदै कार्यक्रमको लक्ष्य अनुसार लघु उद्योग स्थापना गरेर स्थानीयलाई व्यवसायमा जोड्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै तालिम उद्घाटन कार्यक्रममा बोल्दै ग्रामिण विजनेश प्रमोशन प्रा.लिका अध्यक्ष गुञ्ज बहादुर कार्कीले लामो समय देखि गैर सरकारी संस्थाहरुले गर्दै आएको कार्यक्रम पहिलो पटक स्थानीय सरकारले संचालन गर्ने गरी गाउँ–गाउँ पुगेको कार्यक्रम थप प्रभावकारी हुने भन्दै गरिवी निवरणमा सहयोग पुग्ने बताउनुभयो । रामेछाप नगरपालिकाको वडा नं ५ रामपुर र वडा नं ७ सुकाजोरमा तालिम संचालन गर्ने गरी दुई वटा वडा छनौट भएको र दुई ओटै वडामा सामाजिक परिचान र उद्यमशिलता विकासको काम सम्पन्न भइसकेको रामेछाप नगरपालिकाका उद्यम विकास सहजकर्ता मनिसा अधिकारीले बताउनुभयो ।

सीप विकासको जिम्मा लिएको ग्रामिण विजनेश प्रमोशन प्रालि रामेछापका कार्यक्रम संयोजक युवाराज सुवेदीका अनुसार सुकाजोरको बिर्तामा मेसिन होजियारीको तालिम शनिबारबाट सुरु भइसकेको र रामपुरको माझी बस्तीमा मेसिन होजियारीको तालिम आउँदो शनिबार देखि संचान हुने छ । त्यस्तै बाँकी नयाँ सीप विकास तालिम र स्तरोन्नतिको कार्यक्रम पनि चाँडै सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार