महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा दोरम्बाका ७६ बर्षिय बृद्ध पक्राउ

महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा दोरम्बाका ७६ बर्षिय बृद्ध पक्राउ

महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा रामेछापका एक बृद्ध पक्राउ परेका छन । रामेछापकै दोरम्बा गाउँपालिकाका एक महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा दोरम्बा गाउँपालिका १ का एक बृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । पीडित महिलाले दिएको उजुरीको आधारमा ७६ बर्षिय वृद्ध नानी बहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार करिब ५५ बर्षिय ती महिलाले आफूमाथि बलात्कारको प्रयास भएपछि चिच्याएर भाग्न सफल भएको बताएकी छन । महिलाको उजुरीको आधारमा वृद्ध तामाङलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यस्तै दुई बर्ष अघि ज्यान मार्ने र जबरजस्ती करणी उद्योगमा दोषी ठहर भइ जेल सजाय तोकिए पनि फरार रहेका रामेछापको मन्थली नगरपालिका–२ टेकानपुरका ५२ बर्षिय अर्जुन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा श्रेष्ठलाई मन्थलीको कटरबोटबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई प्रहरीले शुक्रबार अदालततमा पेश गरेर सोहि दिन जिल्ला कारागार रामेछापमा पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार