रोकिएको सरकारी खर्च आज नियमित हुने

८ दिनदेखि रोकिएको बजेट खर्च आजबाट नियमित हुने भएको छ । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो प्रमाणीकरण भएपछि बजेट खर्चको बाटो खुलेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि सभामुखले हिजो राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । हिजो साँझ बजेट विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति […]

एभोकाडो चोरेको आरोपमा रामेछापका २ सहित १२ जना पक्राउ

पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, रामेछापका निरज नेपाली,मकवानपुरका रोज राई, काभ्रेका यमबहादुर […]

सुपथ मुल्यमा सामान पाएपछी उपभोक्ता खुसी

दशैँ तिहार र छठ पर्वलाइ लक्षित गर्दै सरकारले देशभरका बिभिन्न ७८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बजारको तुलनामा सस्तोमा सामान पाइने भएपछि शहर बजारका नागरिक उत्साहित भएका छन् । तर यस्ता पसल गाउँ गाउँ सम्म सञ्चालन गर्नुपर्ने आम उपभोक्ताको भनाइ छ । सरकारले चलाएको सस्तो पसलमा चामल, दाल, घिउ, आँँटा, चीनि, जिरा, […]

रामेछाप गोठगाउँमा पहिरोले ३ घरमा क्षति ७ घर उच्च जोखिममा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा गएराति अबिरल वर्षासंगै खसेको पहिरोले क्षति पुर्याएको छ । गोठगाउको बाहुन टोलमा घरमाथिको सडकबाट बगेको पानीले जमिन गलेर पहिरो जाँदा ३ घर पुर्ण रुपमा क्षति भएको वडाअध्यक्ष नर ब थापाले जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेको सडकको नाला नखनी सडक निर्माण गर्दा आज यो अवस्था आएको […]

रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी रामेछाप डाँडामा भू तथा जलाधार व्यवस्थापन कार्यालय

रामेछापमा दुई वटा जिल्लालाई हेर्ने गरी भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी जिल्लामा वाग्मती प्रदेश सरकार अन्तर्गतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मङ्गलबार बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले उद्घाटन गर्नुभएको हो । मुलुक संघियतामा गए संगै खारेजिमा परेको जिल्ला भू […]

कोरोनाका सक्रिय सङ्क्रमित घट्दै, सावधानी अपनाउन विज्ञको अनुरोध

नेपालमा पछिल्लो समय कोरोनाका नयाँ सङ्क्रमित थपिनेको सङ्ख्यामा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ । एक साताअघि ३२ जिल्लामा सक्रिय सङ्क्रमित रहेकोमा हाल ३० जिल्लामा मात्रै सक्रिय सङ्क्रमित छन् । देशभरका ४७ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् । ३० जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ३ सय २३ रहेको छ । सङ्क्रमणदर […]

आजबाट सोह्र श्राद्ध सुरु

आजबाट सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण पक्षको प्रतिपदा तिथिबाट सुरु हुने सोह्र श्राद्धमा पितृको श्राद्ध र तर्पण गर्ने गरिन्छ ।आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना […]

रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले बुझाए नगरप्रमुखलाई माग पत्र

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय कर्मचारीहरुले नगरप्रमुख नर बहादुर थापा मगरलाई आज माग पत्र बुझाएका छन । स्वतन्त्र विद्यालय कर्मचारी संघर्ष समिती मार्फत आज उनिहरुले आफुहरुको माग सम्बोधन गर्न नगरप्रमुख समक्ष आग्रह गरेका हुन । अति न्युन पारिश्रमिकमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारीहरुले सरकारले नै श्रमिकको मासिक न्युनतम तलब १५ हजार रुपैयाँ तोकेको भएपनि सरकारकै निर्णयबाट […]

आजबाट राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट नयाँ नोट साट्न पाइने

नेपाल राष्ट्र बैँकले आजबाट नयाँ नोट साट्न पाउने व्यवस्था गरेको जनाएको छ । एक जना व्यक्ति बराबर १८ हजार ५ सय रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको बैँकको भनाइ छ। करिब १५ अर्बसम्म ५ रुपैयाँदेखि १ सय रुपैयाँसम्मका नयाँ नोट साटिने राष्ट्र बैङ्कले अनुमान गरेको छ भने यस वर्ष सर्वसाधरणलाई ३० देखि ३५ अर्बको हाराहारीमा […]

रामेछाप सहित १० हिमाली जिल्लाका १८ वर्ष माथिका नागरिकलाई खोप लगाइँदै

आजबाट १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो । काभ्रे र चितवनमा ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका […]