आइक्यानद्वारा प्रधानमन्त्री राहत कोषमा ११ लाख बढी सहयोग

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाले प्रधानमन्त्री राहत कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग हस्तान्तरण गरेको छ । जाजरकोट र रुकुमका भुकम्प पिडितको पिडामा केही मलहम लगाउन सकियोस भने संस्थागत रुपमा उक्त सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष सुजन कुमार काफ्ले जानकारी दिए । प्रधान्मन्त्री राहत कोषमा संस्थागत रकम सहयोग गर्ने संस्थागत निर्णय सहित […]

मन्थलीमा २ महिनासम्म अनसन,धर्ना,जुलुस,विरोध प्रदर्शन गर्न निषेध

जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली बजारमा २ महिनासम्म अनसन धर्ना,जुलुस र विरोध प्रदर्शन गर्न निषेध गरेकोे छ । जिल्लाको मुख्य प्रशासनिक केन्द्र तथा मुख्य मार्गहरुमा भेला अनसन,धर्ना,घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरु आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद,झैझगडा,मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुन सक्ने वा हुलदंगा वा अशान्ति हुन सक्ने सम्भावना रहेको भन्दै […]

लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव बगायो

शनिबार (आज) साँझ करिव ६ बजेतिर लिखु खोलाले जलाउँदै गरेको शव बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको शव बगाएको हो । बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को जिरी अस्पतालमा पोस्टमार्टमपछि आज शव जलाउने क्रममा लिखु […]

रामेछापको फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन

रामेछापको मन्थली नगरपालिकाले वडा नं १३ फुलासीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकको घरदैलोमा सेवा प्रदान गरेको छ । नगरपालिकाले शुक्रबार कृषि तथा पशुको सेवा शिविरमार्फत घरदैलोमा प्रदान गरेको हो । नगरपालिकाले कृषि तर्फ माटो परीक्षण,विउविजन वितरण,कृषकहरुलाई रोग किरा नियन्त्रण सम्बन्धि प्राविधिक परामर्श दिएको छ । फुलासीका १ सय ४७ जना किसानले कृषि सम्बन्धि सेवा […]

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछापको मन्थली नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले नगरको प्रथम चौमासिक अबद्यिसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो । उहाँले यहि साउनदेखी हालसम्म नगरपालिका मार्फत संस्थागत विकास तथा सुशासनको क्षेत्रमा भएका कामहरु,आर्थिक […]

प्रजिअ निरौलाले तोडाउन नसकेकी विनुको अनसन सहायक प्रजिअ कोइरालाले तोडाए

आफ्नो पतिको घरमा बस्न पाउनुपर्ने माग राख्दै निरन्तर ६ दिनदेखि असन बस्दै आएकी बिनु यादव (कठायत)ले आज साँझबाट अनसन तोडेकी छिन् । आफ्नो पति प्रदिप कठायतको घरमा बस्ने व्यवस्था मिलाइदिनु प¥यो भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापको प्रवेशद्वार अघि गत माघ ७ गतेदेखि अनसन बसेकी रामेछापको मन्थली नगरपालिका वडा नं. १ बस्ने विनु यादव (कठायत)ले अनसनको […]

नेवि संघ गारीशंकर माविको सभापतिमा सुजिता कार्की चयन,५३ सदस्य कार्यसमिति गठन

नेपाल विद्यार्थी संघ गारीशंकर माविको सभापतिमा सुजिता कार्की चयन हुनुभएको छ । बिहिबार(आज) पोखरा विश्व विद्यालयका सह संयोजक विजय बरालको संयोजकत्वमा भएको एक भेलाले कार्कीको सभापतित्वमा ५३ सदस्य कार्यसमिति गठन गरेको हो । नयाँ गठित कार्य समितिको सभापतिमा सुजिता कार्की,उपसभापतिमा सुवास मगर र आशिका महतारा,सचिवमा देमुना हायु,सह सचिवमा रिजन तामाङ,कोषाध्यक्षमा निकिता कार्की रहेका छन । […]

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा सुकाजोरमा भान्साघर औषधालय कार्यक्रम सम्पन्न

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापले रामेछाप नगरपालिका ७ सुकाजोरमा बिहिबार(आज)भान्साघर औषधालय कार्यक्रम सम्पन्न गरेको छ । रामेछाप नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नन्दन कँडेल र डा.ज्योति ढकालले सहभागीहरुलाई स्वस्थ रहने उपायहरुका साथै हाम्रा भान्सा तथा करेसाबारीमा हुने जडिबुटिहरुको औषधीय […]

अध्यागमन विधेयक तथा शरणार्थी मामलासम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्हुरेड इन्टरनेशनल र युएनएचसीआरको आयोजकत्वमा आज माघ ८ गते सोमबार होटल एलो प्यागोडामा अध्यागमन विधेयक तथा शरणार्थी मामला, कानूनी समीक्षा एवम् परामर्श सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सविना ढकालले सञ्चालन गरिकी थिइन । भने डा. गोपाल सिवाकोटीले अध्यागमन सम्बन्धी कानूनलाई संशोधोन र एकीकरण गर्न बनेको विधेयक एवम् शरणार्थीहरुले भोग्न परेका विभिन्न समस्या, […]

बागमती प्रदेश लोक सेवा आयोगद्धारा १ हजार ११३ जनाका लागि दरखास्त आह्वान

बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ कर्मचारी छनोटका लागि बिज्ञापन खुला गरेको छ । आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ पाँचौँ तहका खुला तथा समावेशीतर्फका लागि सोमबार (आज) बिज्ञापन खुलाएको हो । आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार १ सय […]