एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षमा विरोध र समर्थन

एमसीसीको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्ष दुबैमा समर्थन र विरोध दुबै भइरहेको छ । काँग्रेसभित्र पनि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवा संसदबाट यसलाई पारित गर्ने पक्षमा रहनुभएको छ भने केही नेताहरु यसको विपक्षमा रहेका छन् । एमालेका नेता भीम रावलले एमसीसी सम्झौता पारित गर्न नहुने बताउँदै आउनुभएको छ । माओवादी केन्द्र र एमालेभित्र पनि नेताहरूबीचमा […]

१५ महिनामुनिका बालबालिकालाई नियमित खोप नछुटाउन आग्रह

सरकारले १५ महिनामुनिका बालबालिकालाई दिनुपर्ने नियमित खोप नछुटाउन आग्रह गरेको छ । कोरोना महामारीको समयमा पनि बालबालिकालाई दिनुपर्ने नियमित खोप दिइरहेको भन्दै सरकारले खोप नछुटाउन आग्रह गरेको हो । नियमित खोप नलगाउँदा दीर्घकालिन रुपमा विभिन्न सङ्क्रामक रोगको सङ्क्रमण, अपाङ्ग र मृत्यु हुने दर बढ्ने भएकाले आफ्ना बालकालिकाको उमेर अनुसार नियमित खोप लगाउनुपर्नेमा स्वास्थ्य तथा जनसङ्ख्या […]

हिलेपानीमा बन्यो शिवलिंगेश्वर मन्दिर,उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीमा चिटिक्क परेको शिवलिंगेश्वर मन्दिर निर्माण भएको छ । रामदेव मुडुला कार्की समाजले उक्त मन्दिर निर्माण गरेको हो । स्वर्गिय दिप ब कार्कीको सकृयतामा निर्माण भएको उक्त मन्दिर आज रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले उद्धघाटन गर्नुभयो । मन्दिर उद्धघाट गर्दै उपप्रमुख खड्काले आफु जन्मेर हुर्केको ठाउँमा निर्माण भएको […]

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्क्रब टाइफसको पनि परीक्षण गराउन सरकारको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिलाई स्क्रब टाइफसको पनि परीक्षण गराउन आग्रह गरेको छ । मन्त्रालयले हिजो एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको लक्षण देखिएर परीक्षण गराउँदा नेगेभिट आए पनि स्क्रब टाइफसको परीक्षण गराउन आग्रह गरेको हो । स्क्रब टाइफस देखिए उच्च ज्वरो आउने, जोर्नी मांशपेशी दुख्ने, शास फेर्ने समस्या हुने […]

पार्टी विस्तारको कामलाई तिव्रता दिँदै नेकपा एकीकृत समाजवादी

नेकपा एमालेबाट फुटेर नयाँ बनेको नेकपा एकीकृत समाजवादीले पार्टी विस्तारलाई तिव्रता दिएको छ । संघ, प्रदेशका सांसद तथा केन्द्रीय नेतालाई आफ्नो पक्षमा पार्न मिहनेत गरेको पार्टीले नगर तथा गाउँपालिका र वडा तह सम्मकै जनप्रतिनिधिलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ । यसैबीच नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ । गौतमले हिजो साँझ […]

यहि भदौ २५ गतेदेखि मन्थली नगरपालिकाका सबै विद्यालय खुल्ने

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले यहि भदौ २५ गतेदेखि सबै विद्यायमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ । १७ महिना देखि बन्द अबस्थामा रहेका मन्थली नगरपालिकाका विद्यालय भदौ २५ गते देखि खुल्ने भएका हुन । २०७७ चैत्र ११ गते लगाइएको लकडाउनसँगै बन्द रहेका विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको […]

रामेछापमा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी

रामेछाप जिल्लामा भौतिक उपस्थितिमा पठनपाठन सन्चालन गर्ने तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालयले बिद्यालय संचालन गर्नको लागि सम्बन्धित स्थानिय तहले डिसिसिएमसिलाई सिफारिस गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गौलचन शैजूले जानकारी दिनुभयो । आफनो स्थानिय तहको कोभिडको अवस्था र बिद्यालय बन्दले पारेको असर सहित बिद्यालय खोल्न पाउनु पर्ने माग सहित सिफारिस गरेमा बिद्यालय खोल्न […]

कोरोना सङ्क्रमणको अवस्था स्थिर,जोखिम कायमै रहेको विज्ञको भनाइ

सरकारले नियमित सार्वजनिक गर्ने कोरोनासम्बन्धी तथ्याङ्क अनुसार नेपालमा केही हप्तादेखि कोरोना सङ्क्रमणको अवस्था स्थिर छ । यसैका आधारमा काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रको निषेधाज्ञा हटाइएको छ । तर पनि सङ्क्रमणको जोखिम कम नभएको हुनाले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिइरहेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको तर्कसहित सरकारले सबै क्षेत्र खुला गर्ने रणनीति बनाएको […]

लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

नेपाल राष्ट्र बैँकले लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ । रामेछाप,जनकपुर, दोलखा लगायत बिभिन्न जिल्लाका पीडितहरूले आफूहरूले लघु वित्त तथा वित्तीय संस्थाहरूलाई २४ प्रतिशतसम्म व्याज तिर्नुपरेको गुनासो गरेका छन । राष्ट्र बैँकका प्रवक्ता देवकुमार ढकालले ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको […]

आज ५४ जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन हुँदै

नेपाली काँग्रेसको सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुँदैछ । वडा अधिवेशनका लागि निर्वाचन टोली अधिवेशन स्थल पुगेका छन् । आज ५४ जिल्लामा मात्र वडा अधिवेशन हुने काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । सदस्यता विवाद समाधान हुन नसक्दा २३ जिल्लाको वडा अधिवेशन आज नहुने नेपाली काँग्रेसले जनाएको छ । भदौ २७ […]