भर्खरै घोगा लाग्दै गरेको मकै ढल्दा रामेछाप पालेवनका किसान चिन्तित

भर्खरै घोगा लाग्दै गरेको मकै ढल्दा रामेछाप पालेवनका किसान चिन्तित

निरन्तर केहि दिन परेको पानीले मकै बालीमा क्षती पुर्याउँदा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ पालेवनका किसान चिन्तित बनेका छन । भर्खरै घोगा लाग्दै गरेको मकैको बोट ढल्दा यहाँका किसान चिन्तित बनेका हुन ।

केहि दिन अघि परेको फेरीले मकैको बोट सबै ढलेको कृषक विष्णु महताराले बताउनुभयो ।“यस वर्ष मकैको घोगा पनि राम्रो लोगेको थियो । मकै पनि राम्रोसँग फल्छ की भन्ने लागेको थियो तर दुई तिन दिन परेको पानीले सबै मकैमा क्षती पुग्यो ।” उहाँले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार