नक्कली लाइसेन्स बोकेर अटो चलाउदै आएका माझी मन्थलीबाट पक्राउ

नक्कली चालक अनुमतीपत्र (लाइसेन्स) बोकेर अटो चलाउदै आएका रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरका बिर्खबहादुर माझीलाई जिल्ला ट्राफिक प्रहरी कार्यलय रामेछापले पक्राउ गरेको छ । ज १ ह ५०५१ नम्बरको अटो चलाउदै आएका माझीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो । आज मन्थलीमा सवारी साधन चेकजाँच गर्ने क्रममा नक्कली लाइसेन्स साथमा बोकी अटो चलाउदै आएका उनलाई पक्राउ गरिएको […]

रामेछापमा प्रहरी दिवसको अवसरमा रक्तदान

६६ औं प्रहरी दिवसको अवसरमा रामेछाप प्रहरीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि रामेछाप शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ११ जना प्रहरीले रक्तदान गरेको प्रहरी प्रबक्ता श्री शंकर श्रेष्ठले जानकारी दिनुभयो । नेपाल प्रहरी स्थापनाको असरमा हरेक […]

दसैँ अगावै बक्यौतासहित सबै सुविधा उपलब्ध गराउन महासंघको आग्रह

श्रमजीवि पत्रकारलाई दसैँ अगावै बाँकी बक्यौतासहित सबै प्रकारका सेवासुविधा उपलब्ध गराउन नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै मिडिया व्यवस्थापन पक्षलाई गम्भीर बनेर बढ्दै गरेको श्रमजीवि पत्रकारको समस्या समाधान गर्न आग्रह गरेको हो । महासंघले कोरोना सङ्क्रमणको वहाना बनाइ पत्रकारलाई निष्काशन गर्ने, दवावपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने […]

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । ३१ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ । दिवसका अवसरमा सम्पूर्ण […]

एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ ।तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा मध्यान्ह्पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार […]

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले असोज २५ गते विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने हुनुभएको छ । सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा १८८ (२)को व्यवस्था अनुसार उहाँले अन्तिम दिन विश्वासको मत लिन लाग्नुभएको हो । भदौ २६ गते प्रदेश निर्वाचन आयोगले एमाले विभाजन भइ एकीकृत […]

एमाले सुकाजोरको अध्यक्षमा सुवाश थापा चयन

नेकपा एमाले रामेछाप नगरपालिका वडा नम्बर ७ को अध्यक्षमा सुवाश थापा चयन हुनुभएको छ । मंगलबार भएको वडा भेलाले थापालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा लिला ब मगर र बाल विक्रम मगर,सचिवमा राजु विक्रम बस्नेत र ध्रुब बस्नेत लगायतको २९ सदस्य कमिटी गठन गरिएको छ । नेकपा एमाले रामेछाप नगरका संयोजक होतराज ढकालको […]

रामेछाप नगरपालिकाका २० जना महिलाले सिके गाडी चलाउन

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिएर उनिहरु गाडी चलाउन सक्ने भएका छन । निःशुल्क गाडी चलाउन सिक्न पाएकामो असाध्यै खुशी लागेको भन्दै महिलाहरुले अब गाडी चलाउन लाईसेन्सको ट्रायल दिने बताएका छन । उनिहरुलाई ट्राफिक नियम लगायको […]

जन्मदिनको अवसरमा वडाअध्यक्ष तामाङद्धारा विपन्न बालबालिकालाई आर्थिक सहयोग

रामेछापको रामेछाप नगरपालिका वडा नं. ५ रामपुरका वडा अध्यक्ष भीमबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष तामाङले भिमेश्वर माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत दुई छात्रा र दुई छात्र गरि चार बालबालिकालाई आर्थिक सहयोग गरेर आफ्नो ३८ औं जन्मदिन मनाउनुभएको हो । कक्षा ९ मा अध्ययनरत गंगा […]

बागमती ‘साक्षर प्रदेश’ घोषणा, रामेछापमा ९६.४० प्रतिशत नागरीक साक्षर

बागमती प्रदेश साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । सोमबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्नुभएको छ । साक्षर प्रदेशमा बागतमी प्रदेश पहिलो रहेको छ । १५–६० उमेर समूहको साक्षर रहेको भन्दै गत २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला घोषणा गर्दै अभियान सुरु भएकोमा यही असोज ४ गते काठमाडौं जिल्ला साक्षर घोषणा भएसँगै […]