अदालतबाट दोषी ठहर भएका रामेछापका फरार ३ जना पक्राउ

अदालतबाट दोषी ठहर भएका रामेछापका फरार ३ जना पक्राउ

विभिन्न मुद्दामा अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका फरार दोषी तीन जनालाई पक्राउ गरी रामेछाप अदालतमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा १ वर्ष ९ दिन कैद र ६ लाख ९६ हजार ३२७ रुपैयाँ जरिवानाको फैसला सुनाइएका खाँडादेवी १ राकाथुमका तीर्थकुमार श्रेष्ठलाई मंगलबार काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

उनी ६ वर्षअघि दोषी ठहर भएपछि फरार थिए । त्यसैगरी रामेछाप जिल्ला अदालतबाट नकावधारी चोरी मुद्दामा सजाय सुनाइएका रामेछाप नगरपालिका ४ का सुरेश नेपाली र अभिषेक खत्रीलाई पनि प्रहरीले मंगलबार नै पक्राउ गरेको छ । रामेछाप जिल्ला अदालतले उनीहरुलाई जनही २१ दिन कैद र ३८ हजार ७३७ रुपैयाँ जरिवाना हुने फैसला ५ वर्षअघि सुनाएको थियो । फैसलापछि दुवै फरार भएका थिए । प्रहरीले अदालतमा बुझाएका तीनै जनालाई मंगलबार नै रामेछाप कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार