सुनापती गाउँपालिकाका गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

सुनापती गाउँपालिकाका गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

रामेछापको सुनापती गाउँपालिकाले पालिका भित्रका विभिन्न विद्यालयमा अध्यन गर्ने गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । हिजो पालिकाले एक कार्यक्रमको आयोजना गरि पालिका भित्रका १५ वटा विद्यालयका ७५ जना गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकाले प्रमुख प्रशासकिय अधिकृतसँग जेहेन्दार छात्रवृत्ति कार्यक्रम अन्तरगत १२ वटा मावि र ३ वटा निमावि गरी १५ वटा विद्यालयका ७५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो । एउटा विद्यालयबाट ५ जना गरी १५ वटा विद्यालयबाट ७५ जना गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरु छनोट गरी प्रति व्यक्ति ३ हजारका दरले २ लाख २५ हजार छात्रवृत्ति रकम वितरण गरिएको उहाँले बताउनुभयो ।

यो छात्रवृत्तिले गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई थोरै भएपनि कपि,कलम किन्न सहायता मिल्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाई छ । गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट र प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार