रामेछाप प्रहरीको विशेष अभियानः मोटरसाइकल चोरी गर्ने २० जना पक्राउ

रामेछाप प्रहरीको विशेष अभियानः मोटरसाइकल चोरी गर्ने २० जना पक्राउ

रामेछाप प्रहरीले चोरीको मोटरसाइकल तथा चोरीको मोटरसाइकल प्रयोग गर्नेलाई नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय रामेछापले संञ्चालन गरेको एक हप्ताको विशेष अभियानमा जिल्लाको विभिन्न ठाउँहरुबाट चोरी भएको मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

बाग्मती प्रदेश ०२०३३ प ३९४५,बाग्मती प्रदेश ०२०२२ प ३५२०, बाग्मती प्रदेश ०२०१५ प ५४७८ र प्रदेश ३०२०२९ प ९६१२ नम्बरका मोटरसाइकलहरु सहित २० जनालाई पक्राउ गरिएको रामेछाप प्रहरीेले जानकारी दिएको छ । यसरी जिल्लाको बिभिन्न स्थानहरुबाट चोरीको मोटरसाइकल सहित पक्राउ परेका उनिहरुको आवश्यक अनुसंधान भैरहेको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार