रामेछापमा थपिए ६ जना कोरोना संक्रमित, आज १६ जना निको

रामेछाप जिल्लामा आज ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार ३४६ जना पुगेको […]

खाँडादेवी गाउँपालिकाद्धारा ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

रामेछापको खाडादेवी गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा कृषि सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रमको बीच गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले कृषकहरुलाई कृषिजन्य सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी आफुहरु लागि परेको बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको […]

आजदेखि खोप अभियान नियमित, ५५ वर्षभन्दा माथिका लागि खोप लगाइने

सरकारले आजदेखि खोप अभियानलाई नियमित गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार खोप उपलब्धताका आधारमा आजदेखि बागमति, गण्डकी र लुम्बिनी प्रदेशमा खोप अभियान सञ्चालन हुने भएको छ । सरकारको निर्णय अनुसार चीनले उपलब्ध गराएको भेरोसेल खोप ५५ वर्ष र सोभन्दा माथिको उमेर समूहलाई पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई लगाइने छ […]

देशभर आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशभर आजको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायूको प्रभावका कारण अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा […]

प्रधानमन्त्रीमा देउवाले विश्वासको मत नपाए राजनीतिले फेरि नयाँ मोड लिने

संसद विघटनको दोस्रो पटकको प्रयास पनि सर्वोच्च अदालतले फैसलामार्फत बिफल बनाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक र संवैधानिक धक्का लागेको छ । सर्वोच्चको फैसलापछि ओली पक्षीय नेता कार्यकर्ताले भने अदालतप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गर्न थालेका छन् ।विपक्षी गठबन्धनका दल र नेताहरूले ओलीले गलत कदम चाालेको र सर्वोच्चको फैसलासँगै सच्चिएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका […]

प्रधानमन्त्रीमा देउवाको नियुक्ति र सपथ आजै, सानो आकारको मन्त्रिमण्डल विस्तार गरिने

सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आजै प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउनुहुने भएको छ । सर्वोच्च अदालतबाट हिजो भएको फैसलाको पूर्ण पाठ राष्ट्रपति कार्यालयमा साँझ पुगेको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार सर्वोच्च अदालतको फैसला प्राप्त भएपछि के कसरी अघि बढ्ने भन्ने बारेमा तयारी […]

माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको हो । माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकी मार्फत हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले निवेदन दिएका थिए […]

रामेछापमा थपिए १७ जना कोरोना सङ्क्रमित, आज १४ जनाले कोरोना जिते

रामेछाप जिल्लामा आज १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको कुल सङ्ख्या दुई हजार ३१८ जना पुगेको छ । आइतबार जिल्ला अस्पालतमा सात जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा आठ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यस्तै […]

रामेछाप नगरपालिकामा न्यायधिस र मेलमिलापकर्ता विच अन्तरकृया

रामेछाप नगरपालिकाको न्यायिक समितीबाट भएगरेका कामहरको आज अनुगमन तथा निरीक्षण गरिएको छ । जिल्ला न्यायधिस मोहनराज भट्टराई नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमन तथा निरीक्षण कार्यक्रमको अवसरमा न्यायधिस र मेलमिलापकर्ता विच अन्तरकृया गरिएको छ । अन्तरकृया कार्यक्रममा रामेछाप नगरपालिका भित्रका मेलमिलापकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरुले विवाद समाधान गर्दा […]

रामेछाप खोल्मगाउँमा ट्याक्टर दुर्घटना दुईजना घाईते

रामेछापको रामेछाप नगरपालिका वडा नं १ खोल्मगाउँ भन्ने ठाउँमा आज ट्याक्टर दुर्घटना भएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट सामान लिएर खोल्मगाउँ तर्फ जाने क्रममा आज दिउँसो साढे १२ बजेको समयमा ट्याक्टर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । ट्याक्टर दुर्घटनामा परी उक्त ट्याक्टरका चालक र सह चालक घाईते भएका छन । दुर्घटना भएको ट्याक्टरमा […]