जनगणनाका लागि सुपरीवेक्षक रामेछापको गाउँगाउँमा

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक रामेछपको गाउँगाउँमा पुगेका छन् । उनीहरुले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि रामेछाप जिल्लाभरी सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जनगणनाका लागी जिल्लामा ६९ जना सुपरिवेक्षक परिचालन भएका छन् । १२ औं राष्ट्रिय जनगणनाको लागि जिल्ला भरीमा ६९ जना […]

रामेछाप विर्तामा घुम्ती सेवा शिविर सम्पन्न,२ सय जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले वडाको विकट ठाउँ विर्तामा घुम्ती सेवा शिविर सन्चालन गरेको छ । हरेक वर्ष वडाले नियमित रुपमा गर्दै आएको घुम्ती सेवा शिविर शनिबार विर्तामा सम्पन्न भएको हो । उक्त घुम्ती सेवा शिविरमा लगभग २ सय जनाले सेवा लिएको वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । विर्ताका २५ जनाले नागरीकता प्रमाण […]

संविधान दिवसको अवसरमा रामेछापमा मैत्रिपुर्ण फुटबल, मन्थली नगर युवा सन्जाल प्रथम

संविधान दिवसको अवसरमा रामेछापमा मैत्रिपुर्ण फुटबल खेलको आयोजना गरिएको छ । आज सदरमुकाम मन्थलीमा जिल्ला फुटबल संघको आयोजना र वातावरण संरक्षण परियोजनाको सहयोगमा मैत्रिपुर्ण फुटबल खेलको आयोजना गरिएको हो । ४ वटा टिम सहभागी खेलमा मन्थली नगर युवा सन्जाल प्रथम भएको छ । उक्त प्रतियोगितामा कर्मचारी मिलान केन्द्र द्धितिय भएको छ भने पत्रकार महासंघ रामेछाप […]

रामेछाप कारागारबाट १३ जना कैदी जेल मुक्त

संविधान दिवस २०७८ को अवसरमा रामेछाप कारागारमा रहेका १३ जना कैदी जेल मुक्त भएका छन् । जेल मुक्त हुने १३ जना कैदि विभिन्न मुद्धामा जेल सजाय भोगिरहेकाहरु हुन । ८ जना कर्तव्य ज्यान मुद्धा,१ जना ज्यान मार्ने उद्योग,१ जना ज्यान सम्बन्धि कसुर,२ जना बहुविवाह र १ जना सवारी ज्यान मुद्धामा जेल सजाय भोगिरहेकाहरु जेल मुक्त […]

प्रधानमन्त्रीको सचिवालयद्वारा १५ वटा कामको सूची सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भएपछि आलोचनालाई मत्थर पार्न भन्दै प्रधानमन्त्रीको सचिवालयले सरकारले गरेका महत्वपूर्ण कामको सूची सार्वजनिक गरेको छ । पछिल्लो समय मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको, एमसीसी पास गर्न पहल गरेको र पार्टीको महाधिवेशनका सन्दर्भमा देखिएका विवादले देउवा निकै आलोचित हुनुभएको थियो । सोही विवादलाई कम गर्न भन्दै सचिवालयले सरकारले गरेका महत्वपूर्ण १५ कामको […]

आज धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने

अहिले देशभर सामान्यदेखि पूर्ण बदली सहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकि प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भने लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षा हुनेछ । वर्षाका कारण […]

आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन हुँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । नजिकिँँदै गरेको दसैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ । सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, […]

आज विश्वकर्मा पुजा गरिदैँ, राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदै

आज विश्वकर्माको पूजा आराधना गरिँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्विरमा विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । आजका दिन फलामको विभिन्न औजारका सामानमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास रहेको छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक […]

रामेछापमा बोलेरो जीप दुर्घटना ३ जनाको मृत्यु

रामेछापमा आज बोलेरो जीप दुर्घटना भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जीप रामेछापमा दुर्घटना भएको हो । दुर्घटनामा परी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । बोलेरो जीप मन्थली नगरपालिका ६ कुनौरी नजिकैको भीरबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठका अनुसार प्रदेश नम्बर […]

रामेछापको सीडीओमा दिपक पहाडी आउँदै

रामेछापको प्रमुख जिल्ला अधिकारीमा दिपक कुमार पहाडी आउनुहुनुभएकोृ छ् । मंगलबार रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु सत्य निरुपण तथा मेलमिलाप आयोगमा तानिएपछि रामेछापको सीडीओमा पहाडीलाई पठाईएको हो । गृह मन्त्रालयले पहाडीलाई काज सरुवा गर्दै रामेछाप पठाएको हो । पहाडी मंगलबार मात्रै भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतबाट गृह अन्तर्गत सरुवा भएका थिए । […]