अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने,यदि छाडा छोडेमा कारबाही हुने

अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने,यदि छाडा छोडेमा कारबाही हुने

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयले सुचना जारी गरेको छ । वडा कार्यालयले जारी गरेको सुचनामा स्थानियले पाल्दै आएको घरपालुवा जनावर,पशुपंक्षी लगायत घर निर्माणका लागी सडक छेउछाउमा राखिएका निर्माण सामग्रीहरु एक हप्ता भित्र हटाउन भनिएको छ ।

घरपालुवा जनावर तथा पशुपंक्षीहरु छाडा नछाड्न वडा कार्यालयले अनुरोध गरेको छ । यदि वडा कार्यालयले जारी गरेको सुचनालाई बेवास्ता गरिए कारबाही गरिने वडाअध्यक्ष सन्तोष तामाङले बताउनुभयो । बजार आसपासमा कुखुरा छाडा छोडेर पालेको,सडक छेउछाउमा राखिएका निर्माण समाग्रीहरुले सडक नै अस्तव्यस्त बनाएको भन्दै वडा अध्यक्ष तामाङले बाध्य भएर सुचना जारी गर्नुपरेको बताउनुभयो । वडा कार्यालयले गरेको आग्रहलाई पालना गर्न उहाँले बजारबसीहरुलाई अनुरोध गर्नुभयो ।

रामेछाप माथिल्लो बजारमा अव्यवस्थित रुपमा बजारमै घर भएका शिक्षित व्यक्तिले नै छाडा छोडेर कुखुरा पाल्दै आएका छन । जसका कारण सोहि बाटो भएर आवात जावत गर्ने सवारी साधनहरुलाई कुखुरा छलेर बाटो छिचोल्ने मुस्किल हुने गरेको धेरैको गुनासो छ ।

निकै साँघुरो,धुलो उड्ने कालो पत्रे भत्केको सडकमा झन अव्यवस्थित रुपमा कुखुरा पाल्दा बजारको सौन्दर्यतासँगै दुर्घटनाको जोखिम बढेको भन्दै धेरैले गुनासो गर्ने गरेका थिए । यस अघि पनि रामेछाप नगरपालिकाले कुखुरा छाडा छाडेर नपाल्न आग्रह गर्दै बारम्बार चिठी पठाएको भएपनि बजारबासीले अटेर गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार