कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप उत्कृष्ट

जिल्ला प्रशासन कार्यालय रामेछाप कार्यसम्पादनको आधारमा उत्कृष्ट भएको छ ।गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७८/७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनअनुशार ६८ वटा परिसूचकहरूमा ९० प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रामेछाप उत्कृष्ट भएको हो ।

कार्य सम्पादन सम्झौताको ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत गरी ६८ वटा परिसूचकहरूमा गरी जिल्ला प्रशासन कार्यालय रामेछापले ९० प्रतिशत अङ्क प्राप्त गरेको हो ।

यसरी ९० प्रतिशत अङ्क प्राप्त गरि उत्कृष्ट हुने जिल्लाहरुमा रामेछाप सहित ओखलढुगा सोलुखुम्बु, उदयपुर, भोजपुर गरी ४५ वटा जिल्ला रहेका छन् । यस्तै खोटांङ, सिन्धुली, दोलखा लगायत २९ वटा जिल्लाहरुले ८० देखि ९० प्रतिशतको बीचमा अङ्क प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार