ओखलढुंगाको नवलपुरमा रामेछाप बस्दै आएका चौधरी मृत फेला

ओखलढुंगाको नवलपुरमा रामेछाप बस्दै आएका चौधरी मृत फेला

ओखलढुंगाको चम्पादेवी नवलपुरमा मकवानपुर घर भएका तर रामेछापमा बस्दै आएका एक पुरुष मृत फेला परेका छन् । मंगलबार साँझ ओखलढुंगाको चम्पादेवी गाउँपालिका २ नवलपुरस्थित सुनकोशी नदिको किनारमा मकवानपुरका घर भइ हाल रामेछाप बस्दै आएका ३१ बर्षीय गोपाल चौधरी मृत फेला परेका हुन् ।

नदि किनारमा शव फेला परेको जानकारी पाउनासाथ प्रहरी चौकी पलापुबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । शवको पहिचान नखुलेपछि प्रहरीले आसपासका जिल्ला प्रहरी कार्यालयमा सुचना गर्दा मृत व्यक्ति मकवानपुरको रहेको र हाल रामेछापको भुजिमा बस्दै आएको रामेछाप प्रहरीले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार