वर्षाका कारण रामेछापका ग्रामीण सडक लथालिङ्ग

वर्षाका कारण रामेछापका ग्रामीण सडक लथालिङ्ग

निरन्तर परेको पानीले रामेछापका ग्रामीण क्षेत्रका सडकमा क्षति पु¥याएको छ । कच्ची सडक बिग्रिएपछि सदरमुकाम मन्थलीबाट विभिन्न गाउँ आवतजावतमा समस्या भएको यातायात व्यवसायी र स्थानीयवासीहरू बताउँछन् ।

जिल्लाको ग्रामीण भेगका प्राय सबैजसो सडक कच्ची छन् । हिउँदको समयमा सजिलैसँग सवारीसाधन आवतजावत गर्न सकिने भएपनि बर्खाको समयमा हिलो र पहिरोको समस्या हुने गर्छ । जोखिमपूर्ण सडकका कारण यात्रामा निस्किँदा डराउँदै निस्कनु पर्ने अवस्था रहेको यात्रुहरुको भनाई छ ।

बर्खाको बेला कतिपय ठाँउमा पक्की सडक नै भासिएको छ भने मापदण्ड पूरा नगरी बनाईएका ग्रामिण सडक सवारीसाधन चलाउनै नमिल्ने गरि बिग्रिएका छन् । त्यस्ता सडक स्थानीय सरकारको पहलमा तत्काल मर्मत गर्नुपर्ने स्थानीयवासीको माग छ ।

जिल्लाको रामेछाप नगरपालिकाको देउराली,गोठगाउँ,साँघुटार,हिमगंगा र रामपुर जाने सडक निरन्तर परेको पानीले अस्तव्यस्त छ । जिल्लाकै उमाकुण्ड,सुनापती,दोरम्बा र लिखुतामाकोशी जाने सडक पनि अस्तव्यस्त रहेको स्थानियहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार