रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थागित

रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थागित

रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनि सभाको निर्वाचनको मिति घोषण भइसकेकाले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदपा (२) को खण्ड (२) अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैनको व्यवस्था अनुसार विहिबार देखिनै नाम दर्ता कार्य स्थगित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार