सरकारद्वारा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी सार्वजनिक

सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद समक्ष प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्नुुभएको हो । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिनुभयो । श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको […]

राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

आज राष्ट्रिय सामुदायिक वन दिवस रामेछापमा वृक्षारोपण गरि मनाइएको छ । सामुदायिक वनको सम्पती,सम्वृद्धि,प्रकृति र संस्कृति भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । डिभिजन वन कार्यालय रामेछापको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिती रामेछापको समन्वयमा वृक्षारोपण गरि दिवस मनाइएको हो । बावियाखर्क सामुदायिक वनमा दिवसको अवसरमा एक सय भन्दा बढी अमला जातको […]

रामेछाप जिल्ला फुटबल संघ गठन,संयोजकमा सुन्दर घिमिरे

रामेछाप जिल्ला फुटबल संघ गठन भएको छ । सुन्दर घिमिरेको संयोजकत्वमा १९ सदस्य कार्यसमिती गठन गरिएको हो । यस समितीले जिल्लामा फुटबल खेलको विकासको लागी काम गर्ने संयोजक घिमिरेले बताउनुभयो । उहाँले जिल्लामा ११ वटा दर्ता भएका फुटबल क्लबहरु जिल्ला फुटबल संघमा समावेश भएको बताउनुभयो । जिल्लामा अन्य फुटबल क्बलहरु भए सम्पर्क गरेर जिल्ला फुटबल […]

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रामेछापकोे अध्यक्षमा केदार कार्की चयन हुनुभएको छ । आज रामेछाप बजारमा भएको जिल्ला कार्यसमिति रामेछापको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसैगरी उपाध्यक्षमा टिकाराम राना मगर,सचिवमा देवेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा घना श्रेष्ठ,सहसचिवमा अपना श्रेष्ठ सहित १५ सदस्य कार्यसमिती चयन गरेको हो ।जिल्लाका सबै स्थानिय तहरुमा […]

टोकियो ओलम्पिक सकियो, अमेरिका पदक तालिकामा च्याम्पियन

जापानमा आयोजित गृष्मकालिन ओलम्पिकको ३२ संस्करण सम्पन्न भएको छ । राष्ट्रिय रङ्गशालामा आयोजित समापन समारोहमा दर्शकहरूको उपस्थिति भने थिएन । टोकियो ओलम्पिकमा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । ३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रह्यो । दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका साथ ८८ […]

आज देशभर हल्कादेखि मध्यम वर्षा हुने

आज देशभर हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ।मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली […]

कोरोनाविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु हुँदै

सरकारले कोभिडविरुद्धको राष्ट्रव्यापी खोप अभियान आजबाट सुरु गर्दैछ । भुटान, जापान लगायतका बिभिन्न मुलुकबाट आएको खोप धेरैभन्दा धेरै नागरिकसम्म पु¥याउनका लागि आजदेखि यही साउन ३२ गतेसम्म खोप अभियान चलाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाप्रमुख डा झलक गौतमले बताउनुभयो । उहाँका अनुसार खोप अभियान सफल पार्नका लागि […]

रामेछापमा आज १० जना संक्रमित थपिए, ५८ जना निको

रामेछाप जिल्लामा आज १० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ७ जना र गोकुलगंगा गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २९ सय १ जना पुगेको छ । आज जिल्लामा ५८ जनाले कोरोनालाई जितेका छन । मन्थली नगरपालिकाबाट २३ जना, रामेछाप नगरपालिकाबाट […]

रामेछापमा आईपुग्यो पीसीआर मेशिन,सन्चालनमा आउन भने समय लाग्ने

रामेछामा कोरोना भाईरस संक्रमण भए नभएको थाहा पाउन जाँच गरिने पीसीआर मेशिन जिल्ला अस्तालमा आईपुगेको छ । बागमती प्रदेश सरकारको एक जिल्ला एक पीसीआर मेशिन अभियान अन्तर्गत रामेछापमा पनि पीसीआर मेशिन आईपुगेको हो । जिल्लामा पिसिआर मेसिन आइपुगेको भएपनि सन्चालनमा आउन भने समय लाग्ने जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । जिल्लामा उक्त […]

कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।आज बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसादथपलियाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको […]