अरु ठाउँमा भत्ता लिन बैंकमा भिड,सुकाजोरमा घरमै भत्ता पाउँदा नागरीक दंग
माथिको तस्विरमा देखिएको भिड राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा शाखामा सामाजिक सुरक्षा भत्ता लिन लाईनमा बसेका ६० वर्ष कटेकाहरूको हो । समाजिक सुरक्षा भक्ता बैँक खातामा आयो रे भन्ने सुन्ने बित्तिकै विहान १० नबज्दै बैँकमा वृद्धवृद्धहरु लाईन बस्छन । माघको यो जाडोमा कठ्याङग्रीएर लाईनमा बसेका अधिकांशले मास्क लगाएका छैनन् । केहीले चिउँडोमा अड्याएका छन् । […]