रामेछापको मन्थली नगरपालिकामा एमालेको जित,कुन वडामा कस्ले जिते ?

रामेछापको मन्थली नगरपालिकामा एमालेको जित,कुन वडामा कस्ले जिते ?

रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै पदमा जित हात पारेको छ । नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै मन्थलीमा एमालेले जित हाँसिल गरेको हो । नगर प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा इश्वरी बस्नेत विजयी हुनुभएको छ ।श्रेष्ठले ९ हजार ७१८ मत ल्याउँदा कार्कीले ९ हजार १२२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा पनि एमालेकी ईश्वरी बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसकी उम्मेदवार यशोदा श्रेष्ठलाई हराउनुभएको हो । उहाँले ९ हजार १६१ मत ल्याएर विजयी हुँदा काँग्रेसकी उम्मेदवार श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गर्नुभएको छ ।

कुन वडामा कस्ले जिते :

स्थानीय निर्वाचन २०७९ अन्तर्गत रामेछापको मन्थली नगरपालिकामा निर्वाचित नगर प्रमुख, उप-प्रमुख र वडा अध्यक्षहरु :

प्रमुख: लव श्रेष्ठ (एमाले)
उप प्रमुख: इश्वरी बस्नेत (एमाले)
वडा नं १ वडाध्यक्ष: राम हरि पौडेल ( होम) (काङ्ग्रेस)
वडा नं २ ” शुरेन्द्र बहादुर कार्कि (एमाले)
वडा नं ३ ” कृष्ण गोपाल थापा (एमाले)
वडा नं ४ ” राजन घिमिरे (काङ्ग्रेस)
वडा नं ५ ” नवीन कार्कि (समाजबादी)
वडा नं ६ ” अशोक तामाङ (काङ्ग्रेस)
वडा नं ७ ” भुबन हरि प्रसाईं (काङ्ग्रेस)
वडा नं ८ ” गोपाल श्रेष्ठ (एमाले)
वडा नं ९ ” गोकर्ण राज आरण (एमाले)
वडा नं १० ” गोपिलाल तमाङ (काङ्ग्रेस)
वडा नं ११ ” भिम बहादुर थापामगर (माओवादी)
वडा नं १२ ” खिलेन्द्र खत्री (काङ्ग्रेस)
वडा नं १३ ” नबराज थापामगर (एमाले)
वडा नं १४ ” मोतिलाल तमाङ (एमाले)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार