रामेछापको दोरम्बा शैलुङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

रामेछापको दोरम्बा शैलुङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

रामेछापको दोरम्बा शैलुङ गाउॅपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित हुनुभएको छ । मोक्तान एमालेका टंकप्रसाद चौलागाईंलाई  झिनो मतान्तरले पराजित गरी विजय हुनुभएको हो । बुधबार राति सम्पन्न भएको मतगणनाअनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी एमालेकी मुना कँडेल थापाले ५ हजार ३ सय १० मत पाउनुभयो  । माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार