रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका हिक्मत सुनुवारले २ हजार १४१ मत ल्याउनु भएको छ । उपाध्यक्षमा भने नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवारले २ हजार ९ सय २२ मत पाउनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गर्नुभएको छ । एमालेका शेरबहादुर सुनुवार यस अघि २०७४ को निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार