रामेछापको लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस,उपाध्यक्षमा एमालेको जित

रामेछापको लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस,उपाध्यक्षमा एमालेको जित

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार केशव महत विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडेरियालाई पराजित गर्नुभएको छ । महतले ५ हजार १ सय १२ मत प्राप्त गर्नुभएको छ भने कडेरियाले ४ हजार ८ मत प्राप्त गर्नुभयो । महतले एक हजार १ सय ४ मतले चुनाव जित्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपा पाख्रिन विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सरस्वती गुरुङ खड्का पाख्रिनसँग पराजित हुनुभएको हो । दिपा पाख्रिनले ४ हजार १ सय २६ मत प्राप्त गर्दा सरस्वती गुरुङ खड्काले ३ हजार ९ सय ३३ मत पाउनुभएको छ । यस अघि लिखुतामाकोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार