देशभरका २ सय ५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

देशभरका २ सय ५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक

स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम चलिरहेको छ । हालसम्मको अवस्थामा देशभरका २ सय ५८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १ सय १८, नेकपा एमालेले ७०, माओवादी केन्द्रले ५६, एकीकीत समाजवादीले ४, जनता समाजवादीले २ र अन्य तर्फ ८ जनाले प्रमुख र अध्यक्ष पदमा जित हात पारेका छन् ।

काँग्रेस देशभरका १ सय ९२ प्रमुख तथा अध्यक्ष पदमा अगाडी छ भने एमाले १सय २२ स्थानमा अगाडी छ । माओवादी केन्द्र देशभरका ५८ स्थानमा अगाडी छ भने एकीकृत समाजवादी १७, जनता समाजवादी २७, लोकतान्त्रिक समाजवादी ११ र अन्य तर्फ २२ जना प्रमुख तथा अध्यक्ष पदमा अगाडी छन् । यस्तै उप प्रमुख तथा उपाध्यक्ष तर्फ काँग्रेसले १ सय १४ स्थानमा जित हात पारेको छ भने १ सय ६५ स्थानमा अगाडी रहेको छ ।

एमाले भने ७५ स्थानमा विजयी भएको छ भने १ सय ४५ स्थानमा अगाडी रहेको छ । यस्तै माओवादी केन्द्रले ५१ स्थानमा जित हात पारेको छ भने ७६ स्थानमा अगाडी रहेको छ । एकीकृत समाजवादीले ९ मा जित हात पारेको छ भने १३ स्थानमा अगाडी छ, जसपा ४ स्थानमा विजयी भएको छ भने २६ स्थानमा अगाडी छ, लोसपाले उप प्रमुख तथा उपाध्यक्षमा हालसम्म जित हात पारेको छैन । तर, ९ स्थानमा अगाडी छ । अन्य तर्फ ४ जनाले जित हात पारेका छन् भने १४ स्थानमा अग्रता बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार