रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । आजको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो । बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा आज अलि […]

दशैं सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्यो

दशैं सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढेको छ । हिजो ४२ हजार ४ सय ६० जना काठमाडौं बाहिर गएकोमा गत २४ घण्टामा यो सङ्ख्या बढेको छ । गत २४ घण्टामा ४८ हजार ९ सय ८१ जना काठमाडौं बाहिर गएको प्रहरीले जानकारी दिएको छ । दशैंका लागि गृह जिल्ला जानेको सङ्ख्या बढेकाले यो सङ्ख्या अझै […]

बागमती प्रदेशका सार्वजनिक सवारीमा २३ प्रतिशत भाडा वृद्धि

बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढेको छ ।बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । कात्तिक १ गतेदेखि लागू हुने गरेर २३ प्रतिशत भाडा बढाएको प्रदेश सरकारले जनाएको छ। संघीय सरकारले असार २९ गतेदेखि लागू हुने गरेर अन्तरप्रदेश (राष्ट्रिय राजमार्गमा चल्ने सार्वजनिक सवारीको) भाडा २८ प्रतिशतले समायोजन गरेको […]

आज घटस्थापना, घरघरमा जमरा राखेर घटस्थापना गरिँदै

नेपालीहरुको महानपर्व बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिँदै छ । पहिलो दिन आज समस्त हिन्दु धर्मालम्बिहरुले आ–आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी, माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ […]

आज ६६ औँ प्रहरी दिवस रामेछापमा विभिन्न कार्यक्रम गरी मनाईयो

आज ६६ औँ प्रहरी दिवस रामेछापमा पनि विभिन्न कार्यक्रम गरी मनाईएकोे छ । रामेछाप प्रहरीले आज विहान जिल्ला प्रहरी कार्यालय परिसरमा मृत्यु भएका अमर प्रहरीहरु प्रति श्रद्वाञ्जली अर्पण गरेको छ । प्रहरीले उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान पनि गरेको जानकारी दिएको छ । केहि दिनदेखी रामेछाप प्रहरीले दिवसका अवसरमा एक प्रहरी एक वृक्ष अभियान नै […]

रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने

रामेछापको रामेछाप नगरपालिकाका विद्यालय दशैँमा ५ दिन मात्रै बिदा हुने भएका छन् । रामेछाप नगरपालिकाले एक सूचना जारी गर्दै कोभिडका कारण लामो समय पठनपाठन हुन नसकेको र बल्ल सामान्य रुपमा पढाई सुरु भएकाले लामो बिदा नदिन विद्यालयहरुलाई अनुरोध गरेको हो । नगरपालिकाले घटस्थापना अर्थात् असोज २१ गतेबाट नभई फुलपाती अर्थात् असोज २६ गतेदेखि दशैँको टिकाको […]

रामेछाप कांग्रेसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित

नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन । यी हुन २५ जना निर्वाचित नेताहरु :  खुल्ला तर्फ अर्जुनकुमार के.सी. भारत प्रसाद चौलागाईं रामचन्द्र खड्का ध्रुवहरी ढुंगेल युवराज भट्टराई रत्नबहादुर कार्की रत्नहरी ढुंगेल झपडराज भण्डारी आङटावा शेर्पा वीरबहादुर तामाङ […]

पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिँदै

पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । ज्योतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात पिण्डदान […]

गठबन्धनबीच सहमति,कसले कुन कुन मन्त्रालय पाए

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय बाँडफाँडको विषयमा सहमति जुटेको छ । हिजो बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाडफाँडको विषयमा सहमति गरेका हुन् । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच कुन दलले कुन–कुन मन्त्रालय लिने […]

बडादशैँको अवसरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भलिबल प्रतियोगिता हुने

बडा दशैँ तथा दिपावलीको अवसरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकामा पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । यहि असोज २३ गतेदेखी २५ गतेसम्म प्रतियोगीता आयोजना गर्न लागिएको आयाजकले जानकारी दिएको छ । ३ दिनसम्म सन्चालन हुने प्रतियोगीताको आयोजना लिखु मुनाल युवा क्लवले गरेको हो । खुल्ला न.पा. तथा गा.पा. वडा स्तरीय पुरुष भलिवल प्रतियोगीता अरुणोदय मा.वि. […]