रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसको जित

रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसको जित

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसले शान्दार जित हात पारेको छ । गोकुलगंगा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गर्नुभएको हो ।

पराजित खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत ल्याउनुभएको छ । पालिका उपाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार उषादेवी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राधिका श्रेष्ठलाई ५ सय ६७ मतान्तरले पराजित गर्नुभयो । पराजित श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेबाट खड्ग सुनुवा र राधिका श्रेष्ठ विजयी हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार