अस्पताल विकास समितीको अध्यक्षबाट रोशन पाख्रिनको राजिनामा

जिल्ला अस्पताल विकास समितीको अध्यक्ष पदबाट रोशन पाख्रिनले राजिनामा दिनुभएको छ । आज जिल्ला अस्पताल रामेछापमा पत्रकार सम्मेलनको आयोजना गरी पाख्रिनले राजिनामाको घोषणा गर्नुभएको छ । उहाँले स्वास्थ्य मन्त्रालय बाग्मति प्रदेश हेटौँडालाई राजिनामा स्वीकृत गर्न राजिनामा पत्र पठाउनुभएको छ । पाख्रिनले राजिनामा पत्रमा लेख्नुभएको छ, “३ वर्षको अवद्यिमा अस्पतालको विकास,विस्तार र नागरीकहरुमा गुणस्तरीय स्वास्थ्य सेवा […]

रामेछापबाट माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तीन जना निर्वाचित

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जना निर्वाचित भएका छन् । नेकपा माओवादीको काठमाण्डौमा जारी ८ औँ महाधिवेशनबाट रामेछापका श्याम कुमार श्रेष्ठ, युवराज चौलागाईँ र लक्ष्मी गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ र चौलागाइँ खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन भने गुरुङ जनजाति महिला तर्फबाट सदस्यमा निर्वाचित हुनुभएको हो । सदस्यमा निर्वाचित श्रेष्ठ […]

वडाबाटै योजना सम्झौता:रामेछाप नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र लामगादेसँगको अन्तरवार्ता

सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी रामेछाप नगरपालिकाले जनतालाई सेवा दिईरहेको छ । नगरपालिकाले नगरमा हुने योजना सम्झौता वडावडामै पुगेर गरिरहेको छ । योसँगै आफ्नो ठाउँका लागि छुट्याइएका योजना सम्झौता गर्न उपभोक्ता समितिले नगरपालिकाको केन्द्र धाउँनु पर्ने बाध्यता टरेको छ । वडा तहबाटै योजना सम्झौता गर्ने कार्य यो जिल्लामै पहिलो हो । जिल्लाका अन्य स्थानीय […]

रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्विरोध निर्वाचित

रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा कुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार र आइतबार सदरमुकाम मन्थलीमा भएको १२ औँ साधारण सभा तथा चौथों अधिवेशनबाट कार्की जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । समाजको बरिस्ठ उपाध्यक्षमा उत्तम पौडेल ,उपाध्यक्ष महिलामा सन्ध्या ‘सानू’ , संस्थाको महासचिवमा गोविन्द गौतम चयन हुनुभएको छ । सचिवमा गुणराज श्रेष्ठ, सह–सचिवमा सन्तोष पौडेल […]

रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम जारी (फोटोफिचर)

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत सांस्कृति कार्यक्रम जारी छ । हिजोदेखी सुरु भएको कार्यक्रम आज पनि जारी रहने बताइएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । हिजो कार्यक्रमको उद्धघाटन सत्रमा विभिन्न स्थानिय तहबाट विभिन्न जातजातिको झाँकी प्रस्तुत गरिएको छ । मगर,तामाङ,सुनुवार,माझी परियार लगायतका जातिय भेषभुषा सहित […]

नेपाल शिक्षक सङ्घ रामेछाप नगरपालिकाको अध्यक्षतामा निमबहादुर श्रेष्ठ चयन

नेपाल शिक्षक सङ्घ रामेछाप नगरपालिकाको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । आज रामेछाप बजारमा भएको अधिवेशनले निमबहादुर श्रेष्ठको अध्यक्षतामा २६ सदस्य कार्यसमिती चयन गरेको छ । १. अध्यक्ष :-निमबहादुर श्रेष्ठ २.उपाध्यक्ष (म.) :-रमिता राई ३. उपाध्यक्ष :-रामकुमार घिमिरे ४.सचिव :-खिलबहादुर कार्की ५.सचिव अर्थ :-राजेश थापामगर ६.सहसचिव :-गुणराज पाेखरेल ७. सहसचिव (म.):-मुनाकुमारी श्रेष्ठ ८.सहसचिव अर्थ […]

आज नेपाली टोपी दिवस मनाइँदै

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन आज, ’नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।नेपाल बाहिर रहेका […]

आजबाट सन् २०२२ सुरु

अङ्ग्रेजी नयाँ वर्ष आजबाट सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको इतिहास रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक […]

रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम हुँदै

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत सांस्कृति कार्यक्रम हुने भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । रामेछाप सांस्कृतिक कलाकार समाजको बाह्रौँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रमको अवसरमा स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले ईरामेछापलाई जानकारी दिनुभयो […]

ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण गरिएको छ । वडा नं ६ वडाकार्यालयले वडाका अपाङ्गता परिचय पत्र भएका ४५ जनालाई सिरक वितरण गरिएको वडाअध्यक्ष धन बहादुर खड्काले जानकारी दिनुभयो । जाडोमा अपाङ्गता भएका व्यक्तिलाई निकै समस्या हुने भन्दै यस वर्ष वडाकार्यालयले उहाँहरुको समस्या समाधान गर्ने […]