७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम सार्वजनिक

७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम सार्वजनिक

गत बैशाख३० गते भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । यो खबर तयार पार्दासम्म ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४९ तहको मतपरिणाम आएको छ । अब काठमाडौँ महानगरपालिकासहित ४ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र साहले जीत सुनिश्चित गर्नुभएको छ । बालेनले अहिलेसम्म ५५ हजार ७ सय ७७ मत प्राप्त गर्दा नेपाली काँग्रेसका सिर्जना श्रेष्ठले ३५ हजार ३ सय ७१ मत ल्याएर पछ्याइरहनुभएको छ । ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरीबाबु महर्जन, पोखरामा नेपाल एकीकृत समाजवादीका धनराज आचार्य, भरतपुरमा नेकपा माओवादी केन्द्रका रेनु दाहाल, वीरगन्जमा जनता समाजवादी पार्टीका राजेशमान सिंह र विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसका नागेश कोइराला निर्वाचित भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार