रामेछापको ८ स्थानिय तहका नवनिर्वाचित प्रमुख र अध्यक्षले सपथ लिए

रामेछापको ८ स्थानिय तहका नवनिर्वाचित प्रमुख र अध्यक्षले सपथ लिए

रामेछापका ८ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुख र अध्यक्षले सपथ लिएका छन् । जिल्लाका २ नगरपालिकाका प्रमुख र ६ गाउँपालिकाका अध्यक्षले आज पद तथा गोपनियताको सपथ लिएका हुन् । नवनिर्वाचित पालिकाका प्रमुख र अध्यक्षहरूलाई जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले सपथ ग्रहण गराउनुभयो ।

८ स्थानीय तह रहेको रामेछापमा उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमालेबाट शेरबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिका अध्यक्षमा कांग्रेसबाट काजीबहादुर खड्का दिनेश,लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट केशव महत,सुनापति गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट ठूलोकान्छा तामाङ, रामेछाप नगरपालिका प्रमुखमा कांग्रेसबाट लवश्री न्यौपाने, मन्थली नगरपालिका प्रमुखमा एमालेबाट लव श्रेष्ठ, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट मैनकुमार मोक्तान र खाँडादेवी गाउँपालिका अध्यक्षमा एमालेबाट ज्ञान कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु हुँदैछ । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिनुपर्ने कानुनी व्यवस्था छ । मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि प्रमुख र अध्यक्षले अब पालिकाका उपप्रमुख वा उपाध्यक्षसहित वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र अन्य सदस्यलाई शपथ गराएर कार्यभार सम्हाल्ने छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार