बसको ठक्करबाट रामेछापका एक पुरुषको मृत्यु

बसको ठक्करबाट रामेछापका एक पुरुषको मृत्यु

काठमाडौंको कोटेश्वरमा बसको ठक्करबाट रामेछापका एक पुरुषको मृत्यु भएको छ । बसको ठक्करबाट स्कुटर चालक रामेछाप घर भएका ३७ वर्षीय आशाबहादुर नेवारको मृत्यु भएको हो ।

आज दिउँसो करिब सवा १ बजे कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बिएण्डबि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई भने नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार