रामेछापको खाँडादेवी गाउँपालिकामा ७ वडा सहित एमाले विजयी

रामेछापको खाँडादेवी गाउँपालिकामा ७ वडा सहित एमाले विजयी

रामेछापको खाँडादेवि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार नेकपा एमालेका उम्मदेवार ज्ञानकुमार श्रेष्ठ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ३ सय ५९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धि नेपाली काँग्रेसका नबराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा एमालेकी रमा घिसिङ ७ हजार ४ सय ५८ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धि माओवादी केन्द्रका मानवहादुर लामाले ४ हजार १ सय ११ मत प्राप्त गर्नुभयो । एमालेले खाँडादेविको ९ मध्ये ७ वटा वडाका सवै प्रतिनिधि सहित विजयी हासिल गरेको छ । काँग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १ मा जित हात पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार