रामेछापको दुई नगरपालिका हाँक्ने दुई लब,सम्वृद्ध नगरपालिका बनाउने दुबैको अठोट

रामेछापको दुई नगरपालिका हाँक्ने दुई लब,सम्वृद्ध नगरपालिका बनाउने दुबैको अठोट

रामेछाप जिल्लाको दुई नगरपालिका रामेछाप र मन्थलीमा लबश्री न्योपाने र लब श्रेष्ठ निर्वाचित हुनुभएको छ । ८ वटा स्थानिय तह रहेको जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका छन । दुई नगरपालिका मध्ये रामेछाप नगरपालिकाको प्रमुखमा लबश्री न्यौपाने र मन्थली नगरपालिकाको प्रमुखमा लब श्रेष्ठ निर्वाचित हुनुभएको छ । लबश्री न्यौपाने नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवार बनेर विजयी हुनुभएको हो भने लब श्रेष्ठ नेकपा एमालेबाट नगर प्रमुखमा उम्मेदवार बनेर विजयी हुनुभएको हो ।

को हुन लब श्रेष्ठ ?

मन्थली नगरपालिकाको प्रमुखमा निर्वाचित लब श्रेष्ठ एमालेका प्रदेश समिति सदस्य हुनुहुन्छ । विद्यार्थी संगठन देखि राजनीतिमा सक्रिय श्रेष्ठले राजनीति सगैं सामाजिक क्षेत्रमा रहेर काम गर्दै आउनुभएको छ । सरल स्वभावका श्रेष्ठ विकास र समुदायका समस्याका बारेमा सुझवुझ राख्ने युवा हुनुहुन्छ । चुनावी प्रतिवद्धतामा उहाँले नगरका सेवाहरुलाई नागरीकको घर दैलो सम्म लैजान प्रविधिको सहयोग लिने बताउनुभएको छ ।

यस्तो छ लब श्रेष्ठको प्रतिबद्धता : 

लब श्रेष्ठले मन्थली नगरपालिकाको विकास, यहाँका ऐतिहासिक तथा पूरातात्विक सम्पदाको संरक्षण, विश्व स्तरीय सञ्चार प्रविधिमार्फत काममा सहजता लगायतका कामलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले सबै वडामा घरमै बसीबसी बिजुलीको शुल्क, खानेपानीको पहुँच पुगेका ठाउँहरुमा खानेपानीको शुल्क, जग्गाको तिरो लगायतका सेवा शुल्क तिर्न सक्ने वातावरण बनाउने र तत्कालका लागि कम्तीमा वडाबाट यो सेवाको सुरुवात गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले अबको ५ वर्षसम्म सम्वृद्ध मन्थली बनाउनमा आफुहरु लागिपर्ने बताउनुभयो ।

को हुन लबश्री न्यौपाने ?

रामेछाप नगरपालिकाको प्रमुखमा निर्वाचित लबश्री न्यौपाने रामेछापका निष्ठावान र स्वच्छ छवि भएका राजनीतिज्ञको रुपमा चिनिनुहुन्छ । बीपि कोइरालाको आदर्शबाट विद्यार्थी काल देखि प्रतिवन्धित अवस्थामा काँग्रेसको राजनीति सुरु गर्नुभएका न्यौपाने २०४३ सालमा पञ्च विरुद्ध जनपक्षिय रुपमा रामेछाप पञ्चायतको उप प्रधानपञ्च हुनुभएको थियो ।

लामो समय नेपाली काँग्रेस र भातृसंस्थाको विभिन्न तहमा रहेर काम गर्नुभएका न्यौपाने यस अघी काँग्रेसको जिल्ला सभापति भएर रामेछापको कुना कुनामा पुगेर काँग्रेसको संगठन गर्नुभएको थियो । कुनै पनि लाभको पदमा नपुग्नु भएका न्यौपानेले कार्यकर्ताको मन जित्दै यो तहसम्म आईपुगेको बताउनुभएको छ । २०४६ को जनआन्दोलन र २०६२÷६३ को जनआन्दोलनका दौरान रामेछापमा आन्दोलनको आँधिवेहेरी श्रृजना गर्ने न्यौपाने निडर स्वभावका क्रान्तिकारी नेताको रुपमा परिचित हुनुहुन्छ ।

यस्तो छ लबश्री न्यौपानेको प्रतिबद्धता : 

लबश्री न्यौपानले रामेछाप नगरपालिका भित्र आर्थिक अवस्था कमजोर भएका मध्येबाट योग्यता र दक्षताका आधारमा प्राविधिक शिक्षा हासिल गर्नका लागि ४ जनालाई प्र्रत्येक वर्ष कोटा निर्धारण गरेको र त्यसका लागि प्रतिव्यक्ति १० लाखका दरले शैक्षिक सहायता प्रदान गर्ने रणनीति बनाएको बताउनुभयो ।

उहाँले बेरोजगार नागरीकहरुलाई आय आर्जनका कार्यक्रम तर्फ सीपमूलक तालिम, व्यवसायीक कृषि तालिम लगायतको व्यवस्था गरी नगरबासीलाई अनुदानको व्यवस्था गराउने साथै नगरपालिका ग्यारेन्टी बसेर न्यूनतम् व्याजदरमा बैकबाट ऋण उपलव्ध गराएर नगरबासीलाई आयआर्जनको बाटोतर्फ उन्मुख गराउँने बताउनुभयो ।

निःशुल्क स्वास्थ्य विमाको निति लिएर आफु अघि बढ्ने भन्दै न्यौपानेले नगरबासी सबैको स्वास्य विमा नगरले नै गरिदिएर सबैलाई स्वास्थ्य सेवाको पहँुचमा ल्याउने बताउनुभयो । उहाँले अबको ५ वर्षसम्म सम्वृद्ध रामेछाप नगरपालिका बनाउनमा आफुहरु लागिपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार