रामेछापमा नेपाली कांग्रेस पहिलो पार्टी,कुन पालिकामा कसले जिते त ? वडा सहित

रामेछापमा नेपाली कांग्रेस पहिलो पार्टी,कुन पालिकामा कसले जिते त ? वडा सहित

रामेछापका सम्पूर्ण स्थानीय तहको मतगणना कार्य सकिएको छ । रामेछाप जिल्लामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेस भएको छ । काँग्रेसले ३ वटा पालिका प्रमुख ४ उप प्रमुख र २४ वटा वडा जितेको छ । दोश्रोमा एमाले रहेको छ । एमालेले ३ प्रमुख ३ उप प्रमुख र २४ वटा वडामा विजयी हासिल गरेको छ । माओवादी केन्द्रले २ प्रमुख , १ उप प्रमु्ख र १५ वटा वडामा विजय हासिल गरेको छ । एकिकृत समाजवादीले एक वडा अध्यक्षमा चित्त वुझाउनु परेको छ ।

कुन पालिकामा कसले जिते ?

रामेछापको मन्थली नगरपालिकामा एमालेको जित

मन्थली नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै पदमा जित हात पारेको छ । नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै मन्थलीमा एमालेले जित हाँसिल गरेको हो । नगर प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा इश्वरी बस्नेत विजयी हुनुभएको छ ।श्रेष्ठले ९ हजार ७१८ मत ल्याउँदा कार्कीले ९ हजार १२२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा पनि एमालेकी ईश्वरी बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसकी उम्मेदवार यशोदा श्रेष्ठलाई हराउनुभएको हो । उहाँले ९ हजार १६१ मत ल्याएर विजयी हुँदा काँग्रेसकी उम्मेदवार श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गर्नुभएको छ ।

मन्थली नगरपालिकामा निर्वाचित वडाअध्यक्षहरु : 

१. रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
२.सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ मन्थली (एमाले)
३. कृष्ण गोपाल थापा, वडाअध्यक्ष, मन्थली नगरपालिका–३ (एमाले)
४. राजन घिमिरे, वडाअध्यक्ष, मन्थली नगरपालिका–४ (कांग्रेस)
५. रविन कार्की (नविन), वडाअध्यक्ष, मन्थली नगरपालिका–५ (नेकपा एकीकृत समाजवादी)
६.अशोक कुमार तामाङ (कांग्रेस)
७.भुवनहरि प्रसाई (कांग्रेस)
८.गोपाल श्रेष्ठ (एमाले)
९. गोकर्णराज आराण (एमाले)
१०. गोपिलाल तामाङ (कांग्रेस)
११.भिमबहादुर थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–११ (माओवादी)
१२. खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु (कांग्रेस)
१३. नवराज थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–१३ ( एमाले)
१४. मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी (एमाले)

रामेछाप नगरपालिकामा ७ वडा सहित प्रमुख र उपप्रमुखमा कांग्रेसको जित

रामेछाप नगरपालिकामा अधिकांश वडा अध्यक्ष सहित नेपाली काग्रेसले विजय हासिल गरेको छ । काग्रेसका उम्मेदवार लबश्री न्यौपाने एमालेका रोशन पाख्रिनलाई फराकिलो अन्तरले पराजित गरी नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गर्दा पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गर्नुभयो । उप प्रमुखमा काँग्रेसकै बालकुमारी कार्की थापा निर्वाचित हुनुभएको छ । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गर्दा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसले नगरको ९ मध्ये ७ वटा वडा जितेको छ ।

रामेछाप नगरपालिकामा निर्वाचित वडाअध्यक्षहरु : 

१.रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)
२. निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली (माओवादी)
३. दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार (कांग्रेस)
४. कृपा थापामगर, वडाअध्यक्ष, रामेछाप नगरपालिका–४ (कांग्रेस)
५. हरिशचन्द्र श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपािलका–५ (कांग्रेस)
६. राजेश तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–६ (कांग्रेस)
७.समिर कार्की, वडाअध्यक्ष, रामेछाप नगरपालिका–७ (कांग्रेस)
८.सन्तोष तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–८ (कांग्रेस)
९.चन्द्र बहाादुर श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–९ (माओवादी)

लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस,उपाध्यक्षमा एमालेको जित

लिखुतामाकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार केशव महत विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडेरियालाई पराजित गर्नुभएको छ । महतले ५ हजार १ सय १२ मत प्राप्त गर्नुभएको छ भने कडेरियाले ४ हजार ८ मत प्राप्त गर्नुभयो ।

महतले एक हजार १ सय ४ मतले चुनाव जित्नुभएको छ । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपा पाख्रिन विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सरस्वती गुरुङ खड्का पाख्रिनसँग पराजित हुनुभएको हो । दिपा पाख्रिनले ४ हजार १ सय २६ मत प्राप्त गर्दा सरस्वती गुरुङ खड्काले ३ हजार ९ सय ३३ मत पाउनुभएको छ । यस अघि लिखुतामाकोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

लिखुतामाकोशीमा निर्वाचित वडाअध्यक्षहरु : 

१. प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)
२. सन्तोष पौडेल, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–२ सैपु (एमाले)
३. गोपालराज तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–३ (माओवादी)
४.दिपक कुमार मगर, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–४ (कांग्रेस)
५.रोम बहादुर तामाङ, वडाअध्यक्ष, लिखुताकोसी गाउँपालिका–५ (कांग्रेस)
६. शिव प्रसाद न्यौपाने, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–६ खिम्ती (एमाले
७. कैलाश कुमार दर्लामी, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङ (माओवादी)

उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका हिक्मत सुनुवारले २ हजार १४१ मत ल्याउनु भएको छ । उपाध्यक्षमा भने नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवारले २ हजार ९ सय २२ मत पाउनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।

उमाकुण्डमा निर्वाचित वडाअध्यक्षहरु : 

१. ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)
२. खम्बाध्वज वस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती (माओवादी)
३. गुण कुमार थापा (नविन) वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थली (एमाले)
४. मानबहादुर सुनुवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–४ प्रिति (माओवादी)
५. कुलबहादुर बस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–५ (एमाले)
६. भरतराज खड्का, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–६ (कांग्रेस)
७.रुद्रमणि नेवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–७ (एमाले)

गोकुलगंगा गाउँपालिकामा कांग्रेसको जित

गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसले शान्दार जित हात पारेको छ । गोकुलगंगा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गर्नुभएको हो ।

पराजित खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत ल्याउनुभएको छ । पालिका उपाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार उषादेवी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राधिका श्रेष्ठलाई ५ सय ६७ मतान्तरले पराजित गर्नुभयो । पराजित श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेबाट खड्ग सुनुवा र राधिका श्रेष्ठ विजयी हुनुभएको थियो ।

गोकुलगंगामा निर्वाचित वडाअध्यक्षहरु : 

१. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे (कांग्रेस)
२. सुरेन्द्र कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे (कांग्रेस)
३. नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–३ रस्नालु (एमाले)
४.रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–४ बेताली (कांग्रेस)
५.दीपक कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–५ नामाडी (एमाले)
६. चन्द्र बहादुर सुनुवार, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–६ फर्पु (कांग्रेस)

सुनापति गाउँपालिकामा माओवादी केन्दको जित

सुनापति गाउँपालिकामा माओवादी केन्दले जित हासिल गरेको छ । पालिका अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ विजयी हुनुभएको छ भने उपाध्यक्षमा गिता विष्ट विजयी विजयी हुनुभएको छ । अध्यक्ष तामाङले ५३९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्काले४८५१ मत प्राप्त गर्नुभयो ।

तामाङले ५४७ मत बढी ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा गिता विष्ट ५३६० मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पधी कांग्रेसकी उम्मेदवार शान्ति तामाङले ५०६८ मत प्राप्त गर्नुभयो । यसअघि पनि सुनापतिमा माओवादी केन्दले जितेको थियो ।

सुनापतीमा निर्वाचित वडाअध्यक्षहरु : 

१. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
३. कुलबहादुर थिङ, सुनापति गाउँपालिका–३ हिलेदेवी–३ हिलेदेवी (माओवादी)
४. दण्डुप लामा, वडाअध्यक्ष, सुनापति गाउँपालिका–४ बेथान (माओवादी)
५. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)

दोरम्बा शैलुङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

दोरम्बा शैलुङ गाउककपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित हुनुभएको छ । मोक्तान एमालेका टंकप्रसाद चौलागाईंलाई झिनो मतान्तरले पराजित गरी विजय हुनुभएको हो । बुधबार राति सम्पन्न भएको मतगणनाअनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी एमालेकी मुना कँडेल थापाले ५ हजार ३ सय १० मत पाउनुभयो । माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भएका छ्न ।

दोरम्बा शैलुङमा निर्वाचित वडाअध्यक्षहरु : 

१. प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा (एमाले)
२. मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा (माओवादी)
३. सन्तलाल थापामगर, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–३ टोकपुर (कांग्रेस)
४. श्यामलाल घिसिङ, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वरा (कांग्रेस)
५. गंगालाल तामाङ (कमान) वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–५ गुन्साल (माओवादी)
६. टिका प्रसाद गौतम, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–६ (एमाले)
७. प्रविण मोक्तान, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–७ (माओवादी)

खाँडादेवी गाउँपालिकामा ७ वडा सहित एमाले विजयी

रामेछापको खाँडादेवि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् । शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार नेकपा एमालेका उम्मदेवार ज्ञानकुमार श्रेष्ठ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ३ सय ५९ मत प्राप्त गर्नुभयो ।

उहाँका प्रतिस्पर्धि नेपाली काँग्रेसका नबराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपाध्यक्षमा एमालेकी रमा घिसिङ ७ हजार ४ सय ५८ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धि माओवादी केन्द्रका मानवहादुर लामाले ४ हजार १ सय ११ मत प्राप्त गर्नुभयो । एमालेले खाँडादेविको ९ मध्ये ७ वटा वडाका सवै प्रतिनिधि सहित विजयी हासिल गरेको छ । काँग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १ मा जित हात पारेको छ ।

खाँडादेवी गाउँपालिकामा निर्वाचित वडाअध्यक्षहरु : 

१. रामकुमार श्रेष्ठ, वडाअध्यक्ष, खाँडादेवी गाउँपालिका–१ राकाथुम (माओवादी)
२.केशव कुमार प्रधान,वडाअध्यक्ष, खाँडादेवी गाउँपालिका–२ मझुवा (एमाले)
३. पुष्करकुमार कार्की , वडाअध्यक्ष, खाँडादेवी गाउँपालिका–३ भिरपानी (एमाले)
४.कृष्ण प्रसाद पौडेल, वडाअध्यक्ष, खाँडादेवी गाउँपालिका–४ (एमाले)
५.मनोज पौडेल, खाँडादेवी गाउँपालिका–५ (एमाले)
६.नारायण कार्की, खाँडादेवी गाउँपालिका–६ (नेपाली कांग्रेस)
७.सिरे तामाङ, खाँडादेवी गाउँपालिका–७ (एमाले)
८.जंगलाल तामाङ, वडअध्यक्ष, खाँडादेवी गाउँपालिका–८ (एमाले)
९. अकलबहादुर भण्डारी, खाँडादेवी गाउँपालिका–९ (एमाले)

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार