रामेछापको ७ स्थानिय तहको मतपरिणाम सार्वजनिक : मतपरिणाम सहित

रामेछापको ७ स्थानिय तहको मतपरिणाम सार्वजनिक : मतपरिणाम सहित

रामेछाप जिल्लाको ८ वटा स्थानिय तहमध्ये ७ वटा स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतपरिणाम अनुसार ३ वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेस,२ वटा पालिकाको प्रमुखमा माओवादी केन्द्र र २ वटा पालिकाको प्रमुखमा एमालेले जितेको छ ।

गोकुलगंगा गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने रामेछाप नगरपालिकामा पनि कांग्रेसले नै मेयर र उपमेयर जितेको छ । मन्थली नगरपालिकामा प्रमुख,उपप्रमुख दुवै एमालेले जितेको छ ।

उमाकुण्ड गाउँपालिकामा एमालेले अध्यक्ष जितेको छ भने उपाध्यक्ष कांग्रेसले जितेको छ । सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेको छ भने लिखु तामाकोसी गाउँपालिकामा अध्यक्षमा कांग्रेसले जित्दा उपाध्यक्ष भने एमालेले जितेको छ । दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष माओवादी केन्द्रले जितेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।

खाँडादेवी गाउँपालिकामा मतगणना भैरहेको छ । अहिलेसम्मको अवस्थामा त्यहाँ एमाले अध्यक्षमा र उपाध्यक्षमा अघि देखिएको छ ।

कुन पालिकामा कसले जिते ?

रामेछापको मन्थली नगरपालिकामा एमालेको जित

रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुबै पदमा जित हात पारेको छ । नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै मन्थलीमा एमालेले जित हाँसिल गरेको हो । नगर प्रमुखमा लब श्रेष्ठ र उपप्रमुखमा इश्वरी बस्नेत विजयी हुनुभएको छ ।श्रेष्ठले ९ हजार ७१८ मत ल्याउँदा कार्कीले ९ हजार १२२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नगरपालिकाको उपप्रमुखमा पनि एमालेकी ईश्वरी बस्नेत विजयी हुनुभएको छ । बस्नेतले काँग्रेसकी उम्मेदवार यशोदा श्रेष्ठलाई हराउनुभएको हो । उहाँले ९ हजार १६१ मत ल्याएर विजयी हुँदा काँग्रेसकी उम्मेदवार श्रेष्ठले ९ हजार ५४ मत प्राप्त गर्नुभएको छ ।

रामेछाप नगरपालिकामा ७ वडा सहित प्रमुख र उपप्रमुखमा कांग्रेसको जित

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा अधिकांश वडा अध्यक्ष सहित नेपाली काग्रेसले विजय हासिल गरेको छ । काग्रेसका उम्मेदवार लबश्री न्यौपाने एमालेका रोशन पाख्रिनलाई फराकिलो अन्तरले पराजित गरी नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गर्दा पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गर्नुभयो । उप प्रमुखमा काँग्रेसकै बालकुमारी कार्की थापा निर्वाचित हुनुभएको छ । कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गर्दा एमालेकी सीता खत्रीले ५हजार ३ सय ४७ मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसले नगरको ९ मध्ये ७ वटा वडा जितेको छ ।

रामेछापको लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा कांग्रेस,उपाध्यक्षमा एमालेको जित

रामेछापको लिखुतामाकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । भर्खरै सम्पन्न मतगणना अनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार केशव महत विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार कमल प्रसाद कडेरियालाई पराजित गर्नुभएको छ । महतले ५ हजार १ सय १२ मत प्राप्त गर्नुभएको छ भने कडेरियाले ४ हजार ८ मत प्राप्त गर्नुभयो ।

महतले एक हजार १ सय ४ मतले चुनाव जित्नुभएको छ । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार दिपा पाख्रिन विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सरस्वती गुरुङ खड्का पाख्रिनसँग पराजित हुनुभएको हो । दिपा पाख्रिनले ४ हजार १ सय २६ मत प्राप्त गर्दा सरस्वती गुरुङ खड्काले ३ हजार ९ सय ३३ मत पाउनुभएको छ । यस अघि लिखुतामाकोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस विजयी

रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर कटुवालले २ हजार १७२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी राप्रपाका हिक्मत सुनुवारले २ हजार १४१ मत ल्याउनु भएको छ । उपाध्यक्षमा भने नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ । सुनुवारले २ हजार ९ सय २२ मत पाउनु भएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गर्नुभएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा कांग्रेसको जित

रामेछापको गोकुलगंगा गाउँपालिकामा नेपाली कांग्रेसले शान्दार जित हात पारेको छ । गोकुलगंगा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार काजीबहादुर खड्काले ६ हजार ९३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार खड्गबहादुर सुनुवारलाई १ हजार ३ सय ८३ मतान्तरले पराजित गर्नुभएको हो ।

पराजित खड्गबहादुर सुनुवारले ४ हजार ७ सय १० मत ल्याउनुभएको छ । पालिका उपाध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार उषादेवी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर उहाँ विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार राधिका श्रेष्ठलाई ५ सय ६७ मतान्तरले पराजित गर्नुभयो । पराजित श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गर्नुभएको छ । यस यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेबाट खड्ग सुनुवा र राधिका श्रेष्ठ विजयी हुनुभएको थियो ।

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दको जित

रामेछापको सुनापति गाउँपालिकामा माओवादी केन्दले जित हासिल गरेको छ । पालिका अध्यक्षमा नेकपा माओवादीका ठूलोकान्छा तामाङ विजयी हुनुभएको छ भने उपाध्यक्षमा गिता विष्ट विजयी विजयी हुनुभएको छ । अध्यक्ष तामाङले ५३९८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिपेन्द्र खड्काले४८५१ मत प्राप्त गर्नुभयो ।

तामाङले ५४७ मत बढी ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा गिता विष्ट ५३६० मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पधी कांग्रेसकी उम्मेदवार शान्ति तामाङले ५०६८ मत प्राप्त गर्नुभयो । यसअघि पनि सुनापतिमा माओवादी केन्दले जितेको थियो ।

रामेछापको दोरम्बा शैलुङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसको जित

रामेछापको दोरम्बा शैलुङ गाउककपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मैनकुमार मोक्तान निर्वाचित हुनुभएको छ । मोक्तान एमालेका टंकप्रसाद चौलागाईंलाई झिनो मतान्तरले पराजित गरी विजय हुनुभएको हो । बुधबार राति सम्पन्न भएको मतगणनाअनुसार मोक्तानले ६ हजार २ सय ७० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका टंकप्रसाद चौलागाईंले ६ हजार १ सय ५० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा कांग्रेसकी खमला थापामगर ६ हजार ७ सय ८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँकी प्रतिस्पर्धी एमालेकी मुना कँडेल थापाले ५ हजार ३ सय १० मत पाउनुभयो । माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सफल भएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार