नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी

नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी

संसद्को दुवै सदनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमार्फत नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत हुने तथा सम्बोधनमाथि छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिवभरतराज गौतमले जानकारी दिनुभयो । भोलिसम्ममा नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक बाध्यता संसदलाई छ । नीति तथा कार्यक्रम पारित भएपछि यही जेठ १५ गते आइतबार संसद्मा बजेट प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार