वडा नं ८ का ११ सय ३८ घरधुरीले पाए हिलटेक ट्याङ्की

रामेछाप नगरपालिका वडा नं ८ वडा कार्यालयले एक घर एक ट्याङ्की वितरण गरिरहेको छ । केही वर्षअधिदेखी सुरु गरिएको एक घर एक हिलटेक ट्याङ्की वितरण अभियान अन्तर्गत आज वडाको रामेछाप बजार आसपासका ९७ घरधुरीलाई हिलटेक ट्याङ्की वितरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यतामा भएको हिलटेक ट्याङ्की वितरण कार्यक्रममा बोल्दै […]

रामेछापको सुकाजोरमा औद्योगिक ग्राम बन्दै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा रामेछाप नगरपालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । रामेछाप नगरपालिकाले  औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा रु ९२ लाख बजेट विनियोजन गरी सम्झौता गरेको वडा नं ७ का वडाअध्यक्ष समिर […]

२२० केभी नयाँ खिम्ती सब-स्टेशनको प्रधानमन्त्री देउवाद्धारा उद्धघाटन

तामाकाेशी जलविद्युत आयाेजनाकाे मुख्य सब-स्टेशनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले  रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ के.भी. सब-स्टेशन शनिबार उद्घाटन गर्नुभएको हाे । सब-स्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी […]

बागमती प्रदेश सरकारको ६ महिनाको अवधिमा कुल बजेटको १५ प्रतिशत मात्र खर्च

बागमती प्रदेश सरकारले ६ महिनाको अवधिमा कुल बजेटका १५ प्रतिशत मात्र खर्च गरेको छ ।सरकारले ६ महिनाको समयमा विनियोजन कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख मध्ये ८ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ मात्र खर्च गरेको हो ।सरकारले अर्ध वार्षिक अवधि समाप्त हुँदा कोरोना संक्रमणको जोखिम, विभिन्न राजनीतिक परिवर्तन र सरकारको अस्थिरताको कारण […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, आज रातिबाट नयाँ मूल्यदर लागू हुने

पेट्रोलियम पदार्थको मूल्य फेरिर बढ्ने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य तोकेर सूची पठाएको छ । आईओसीबाट प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १ […]

निशान बचत तथा ऋण सहकारी संस्थाले मनायो १० औँ स्थापना दिवस

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा रहेको निशान बचत तथा ऋण सहकारी संस्थाले १० औँ स्थापना दिवस संस्थाका सदस्यहरुसँग अन्तरकृया कार्यक्रम गरेर मनाएको छ । १० औँ स्थापना दिवसको अवसरमा संस्थाले हालसम्म हासिल गरेका उपलब्धि तथा संस्थाको दिगोपनाका लागी पुँजी वृद्धि लगायतका बारेमा सदस्यहरुसँग छलफल गरिएको संस्थाका व्यवस्थापक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । […]

लिखु ४ जलविद्युत आयोजनाको आईपिओ भर्ने म्याद थप

ग्रिन भेञ्चर लिमिटेडले आव्हान गरेको आईपिओ भर्ने म्याद थप गरिएको छ । कम्पनीले आव्हान गरेको माग अनुसार लिखु ४ जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकहरुले आईपीओ नभरेपछि कम्पनीले फागुन २३ गते सम्म आईपीओ भर्न सक्नेगरि म्याद थप गरेको छ । कम्पनीले ५२.४ मेगावाट क्षमता रहेको लिखु ४ जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका नागरिकहरुका लागि गत फागुन २ […]

बैशाखामा हुने चुनावमा अघिल्लो चुनावभन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने आयोगको प्रक्षेपण

निर्वाचन आयोगले आउँदो वैशाखमा हुने स्थानीय तहको चुनावमा अघिल्लो चुनावको भन्दा ८१ करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरेको छ । यसअघि २०७४ सालमा भएको स्थानीय तहको चुनावमा ८ अर्ब १४ करोड खर्च गरेको आयोगले आउँदो वैशाख महिनामा गर्न लागेको चुनावमा ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ लाग्ने बताएको हो । सको […]

सिटिइभिटिबाट २७ हजार बढीले ब्युटिपार्लर सम्बन्धी सीप सिके

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटिबाट २७ हजार बढीले ब्युटिपार्लर सम्बन्धी सीप सिकेका छन् । सिटिइभिटिको राष्ट्रिय सिप परीक्षण समितिबाट सीप परीक्षण गराएर तह १ को तालिम सिकेर २५ हजार जना र तह २ को तालिम लिएर २ हजार बढीले प्रमाण पत्र लिएका छन् । छोटो अवधिको तालिम मध्ये ब्युटिपार्लर र टेलरीङ सीप महिलाहरूको […]

रामेछापको सुनापतिका एकल पुरुषले पाए भत्ता

रामेछापको सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८/७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो । ‘पालिकाको चालु आर्थिक वर्षमा […]