रामेछाप नगरपालिकाले घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै,सम्भाव्यता अध्यन हुँदै

रामेछाप नगरपालिकाले घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै,सम्भाव्यता अध्यन हुँदै

रामेछापको रामेछाप नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ। नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्न सम्भाव्यता अध्यन सुरु गरेको नगर प्रमुख लबश्री न्यौपानेले जानकारी दिनुभयो । घरेलु लोकल रक्सीको बजारीकरणका लागि कानुन निर्माण गर्दै यसलाई ब्रान्डिङ गर्ने नीति तथा कार्यक्रम बनाउन लागिएको उहाँँले बताउनुभयो ।

मौलिक संस्कृति तथा परम्परागत सीपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्रान्डिङ गर्ने योजना अनुसार वडा नं ७ सुकाजोरबाट सम्भाव्यता अध्यन सुरु गरिएको हो ।

नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चापदार्थ मकै,कोदो,चामल लगायतका अन्नबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी सृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने विश्वास लिइएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने सम्भावनालाई दृष्टिगत गर्दै लोकल रक्सीलाई स्तरोन्नति गरी ब्रान्डिङ गर्ने योजना बनाइएको उहाँको भनाई छ । रामेछाप नगरपालिकामा जनजातिको बाहुल्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार