नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी

संसद्को दुवै सदनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमार्फत नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको वार्षिक नीति तथा […]

आज १ सय ३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘मर्यादित श्रम, सुरक्षित रोजगारः विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस […]

रामेछापमा स्थानीय तह चुनावका लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

रामेछापमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको छ । जिल्लामा मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक निर्वाचन सामग्री प्राप्त भएको निर्वाचन कार्यलयल रामेछापले जनाएको छ । स्थानीय तह निर्वाचमा प्रयोग हुने ५८ प्रकारका चुनावी सामग्री जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका कम्युटर अपरेटर सन्जय भण्डारीले जानकारी दिनुभयो । […]

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा साढे १० करोडको योजनामा सवा ४ करोड भ्रष्टाचार

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा जनप्रतिनिधि, ठेकेदार र कर्मचारीले १० करोडको योजनामा सवा ४ करोड रुपैयाँँ अनियमितता गरेको देखिएको छ । रामेछापको साविक दुरागाउँ, बिजुलीकोट र नागदह गाविस समेट्ने लिखु तामाकोसी गाउँपालिकाका वडा नम्बर १, ४ र ५ नम्बर वडामा विद्युतीकरण योजनाका लागि विनियोजित १० करोड ६१ लाख ९० हजार रुपैयाँँको बजेटमा ४ करोड २१ लाख […]

गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा जग्गा तथा घरधनीले क्षतिपूर्तिको माग गर्दै काम रोके

खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माणाधीन गर्ज्याङ–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोधै अवरोध छ । प्रसारण लाइनको मार्गाधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगङ्गा गाउँपालिकामा रहेकाे ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोशी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका छन् । […]

महंगोमा पानी किनेर खान बाध्य भयौँ भन्दै रामेछापका नागरीक जंगिए

यहि चैत्र १२ गते रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले आफनो स्थापनाको २० औँ वार्षिक साधारण सभा भव्यताका साथ मनायो । रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यता र रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित उपभोत्ताहरुले महंगोमा पानी किनेर खान बाध्य भएको […]

सहकारी उत्पादनसँग जोडिनुपर्छ : मेयर बस्नेत(भिडियो)

रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले सहकारी उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो । ६५ औँ राष्टिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ रामेछापले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सहकारी संस्थाहरुले ऋण र बचत मात्रै नभएर लघुउद्यम,कृषि,पशु जस्ता व्यवसायिक उत्पादनहरुसँग जोडिएर काम गर्नुपर्ने बताउनुभयो । मन्थली नगरपालिकाले नगरमा भएका सहकारीहरुलाई व्यवस्थित बनाउने काम गरेको उहाँको भनाई छ […]

वडा नं ८ का ११ सय ३८ घरधुरीले पाए हिलटेक ट्याङ्की

रामेछाप नगरपालिका वडा नं ८ वडा कार्यालयले एक घर एक ट्याङ्की वितरण गरिरहेको छ । केही वर्षअधिदेखी सुरु गरिएको एक घर एक हिलटेक ट्याङ्की वितरण अभियान अन्तर्गत आज वडाको रामेछाप बजार आसपासका ९७ घरधुरीलाई हिलटेक ट्याङ्की वितरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यतामा भएको हिलटेक ट्याङ्की वितरण कार्यक्रममा बोल्दै […]

रामेछापको सुकाजोरमा औद्योगिक ग्राम बन्दै

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा रामेछाप नगरपालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो । रामेछाप नगरपालिकाले  औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा रु ९२ लाख बजेट विनियोजन गरी सम्झौता गरेको वडा नं ७ का वडाअध्यक्ष समिर […]

२२० केभी नयाँ खिम्ती सब-स्टेशनको प्रधानमन्त्री देउवाद्धारा उद्धघाटन

तामाकाेशी जलविद्युत आयाेजनाकाे मुख्य सब-स्टेशनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले  रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०/१३२ के.भी. सब-स्टेशन शनिबार उद्घाटन गर्नुभएको हाे । सब-स्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी […]